सिन्धुलीमा प्रभात फेरी र ¥याली सहित २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

RadioSiddhababa

सिन्धुली, माघ २, २०८१ बुधबार ।


२७ औँ भूकम्प सुरक्षा दिवस सिन्धुलीमा पनि मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ सिन्धुलीमा पनि २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्प बाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण बारे सामाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।


जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना र सहरी विकास तथा भवन कार्यालयको समन्वयमा बुधवार बिहान प्रभात फेरी र ¥याली सहित २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । सिन्धुलीमाढी २ नं बजार रेडक्रस भवन बाट सुरु भएको ¥याली गैरीबजार, १ नं बजार, स्टल बजार हुँदै कमलामाई नगरपालिका कार्यालय अगाडी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

¥यालीमा सिन्धुली स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको