कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन
सिन्धुली, माघ २, २०८१ बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित उज्ज्वलता परियोजना अन्तर्गत बिद्यालयका शिक्षहरुको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
बिद्यालयमा भएका शैक्षिक गुस्तरलाई बृद्धि गर्न र सिकाई उपलब्धी कमजोर भएका बालबलिका हरुको सिकाई स्तरमा सुधार गर्नको लागि उपचारात्मक कक्षा संचालन गर्ने उदेश्यले २ दिने सिकाई आवरण तथा द्रुत सिकाइ योजना कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको परियोजनाको कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा कमलामाई नगरपालिकामा परियोजना संचालन भएको १३ वटा बिद्यालय ३८ जना र दुधौली नगरपालिकाको १२ वटा बिद्यालय बाट ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण शंकर लुइटेलले गर्नुभएको थियो ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस