“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

RadioSiddhababa

सिन्धुली, पुष २९, २०८१ सोमबार ।


“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरिएको हो । कलिगङ्गा कमला महिमा उजागर समितका संयोजक तथा कमलामाई नगरपालिकाका निर्वतमान नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा जानकी मन्दिर जनकपुरका महन्त रामतपेश्वर दासको प्रमुख आतिथ्यतामा पुस्तको लोकार्पण गरिएको हो । 


कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह पुस्तकमा लोक कल्याणदायी कमला गङ्गाको अद्धितीय महत्व, नदी कमला लोकजीवनको सार्थक आधार, कमला नदीको अवस्था, माइस्थान मन्दिरको इतिहास र आध्यात्मिक पक्ष, कमला नदी कलियुगकी गङ्गा, पौराणिक कालमा सिन्धुलीको अवस्थिती लगायतको महत्वपूर्ण बिषयहरु समेटिएका छन् । 


पुस्तक लोकार्पणको अवसरमा जानकी मन्दिर जनकपुरका महन्त रामतपेश्वर दासले कमला नदीको उद्गमस्थल यहाँ रहेको कुरा धेरैलाई थाहा नभएकाले यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभएको छ । कमला नदीलाई तराई मधेशका जिल्ला हरुमा देविको रुपमा पुजिने भएकाले यसको प्रचारप्रसार र गर्न सके सिन्धुली जिल्लामा धार्मिक गतिविधी बढ्ने उहाँले बताउनुभयो । 


कार्यक्रमको अवसरमा कलिगङ्गा कमला महिमा उजागर समितका संयोजक तथा कमलामाई नगरपालिकाका निर्वतमान नगर प्रमुख खड्ग बहादुर खत्रीले अहिले लोकार्पण गरिएको पुस्तक पूर्ण नभएपनि यसलाई निरन्तरता दिइने बताउनुभएको छ । आफ्नो ठाउँको विकास गर्नको लागि सबैभन्दा पहिले स्थानीय सक्रिय हुनुपर्ने उहाँको भनाई छ । अर्को बर्ष यस पुस्तकलाई हिन्दी भषामा प्रकाशन गर्ने र प्रचारको लागि तराई मधेश तथा विहारमा पुर्याउने अभियान रहेको उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको