नेशनल प्याब्सन सिन्धुलीको अध्यक्षमा पुन ः सोनाम बज्यू चयन 

RadioSiddhababa

सिन्धुली, पुष २८, २०८१ आइतबार ।


राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिती सिन्धुलीको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशन बाट तीन बर्षे नयाँ कार्यकालका लागि अध्यक्षमा पुनः सोनाम बज्यू निर्विरोध चयन हुनुभएको छ । 


अधिवेशनबाट तेह्र सदस्यीय जिल्ला कार्यसमितीको चयन गरिएको छ । कार्यसमितीको उपाध्यक्षमा प्रल्हाद हमाल, सचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा हेम विक्रम थापा, सदस्यहरुमा ज्ञानेन्द्र भट्टराई, बेनुप उप्रेती, पदम बहादुर खड्का, दिनेश बुढाथोकी, पूर्ण प्रसाद भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमारी खत्री कार्की, मणी काफ्ले र दीपा कुमारी कार्की सर्वसम्मत चयन हुनुभएको छ । 


उक्त अवसरमा नव प्रवेशी  जिल्लाका दुई निजी विद्यालयलाई स्वागत तथा सदस्यता वितरण गरिएको थियो । यस संगै नेसनल प्याब्सन सिन्धुलीमा आबद्घ निजी विद्यालयको संख्या पच्चिस पुगेको छ ।


सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण कुमार उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । निराजन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा वक्ताहरुले कार्यक्रम सफलताको साथै नव गठित समितीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको