सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

RadioSiddhababa

सिन्धुली, माघ १, २०८१ मंगलबार ।


सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा सोमवार ४१ तोला अबैध काँचो सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेका हुन् ।


भिमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बर्दिवासबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन जस्तै धातु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


फोर्स गाडीमा सवार पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. – ८, जगतपुरका ४८ बर्षका बिक्रम साहको कालो रंगको झोला भित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुन जस्तै धातु र विभिन्न गरगहना बरामद गरिएको कार्यालयको भनाई छ ।


बरामद भएको धातुको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको प्रहरीको भनाई छ ।  शाहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का÷टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत बरामद गरिएको छ ।


विशेष सुचनाको आधारमा उक्त सामानहरु बरामद भएको र शाहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच