कमलामाई मन्दिरको महिमा बढ्दै

RadioSiddhababa

सिन्धुली, पुष २९, २०८१ सोमबार ।


सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको व्यवस्थापकिय कामको शुरुवात सँगै थप महिमा पनि बढ्दै गएको हो । देशमै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने संभावना रहेको मन्दिरको प्रचार प्रसारका लागि स्थानिय स्तर बाट आवश्यक कदम चालिए पछि मन्दिरको महत्व झन बढ्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


हरेक बर्ष माघे संक्रातीको पुर्व सन्ध्या देखि माघ महिना भर विशेष रुपमा लिइने कमलामाई मन्दिर भक्तजनको उल्लेखनिय उपस्थिती रहने समितिले जनाएको छ । माघे संक्रान्तीका दिन कमला नदीमा स्नान गरी पुजा, अर्चना तथा बली चढाउदा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस बर्ष आजै साँझ देखि लाग्ने मेलामा मन्दिर सरसफाई लगायतका व्यवस्थापकिय कामहरु पुरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठको भनाई छ ।


कलियुगमा सम्पुर्ण प्राणीहरुको पाप हरण गर्ने पवित्र नदिको रुपमा मान्दै आइएको कमला नदीमा माघे संक्रान्तीका दिन स्नान गरी जप ध्यान गर्दा अक्षय फल प्राप्त हुने विश्वास रहेको शिक्षक विश्वनाथ बरालको भनाई छ । मन्दराचल पर्वतीकी छोरी कमलाले पानीको गाग्री भुईमा खसाएर पोखिएको पानी बाट बग्दै आएको नदी नै कमलानदी भएकाले यस नदीमा स्पर्श गर्दा मात्र पनि पुण्य प्राप्त हुने विश्वास रहेको उहाँको भनाई छ ।


यसैगरी कमला नदीलाई हिमाञ्चल पर्वतमा हजारौ वर्ष सम्म कठोर तपश्या गरेकी कमलाको तपश्या देखि खुसी भएर हिमालय पर्वतका राजाले कलियुगमा सम्पुर्ण प्राणीहरुको पाप हरण गर्ने पवित्र गंगाको रुपमा रहनु भन्ने बरदान दिएको पाइएको पनि उहाँको भनाई छ  ।


यस्तै कमलामाई मन्दिरमा आज विशेष समारोह सहित कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले ऐतिहासिक मुकुट पहिर्याउनु भएको छ । प्रत्येक माघे संक्रान्तिको अवसरमा पहिर्याईने यो मुकुट यस वर्ष कमलामाई नगरपालिका र मन्दिर ब्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक र्याली र वाजागाजा सहित पहिर्याईएको हो ।


विभिन्न कालखण्डमा मन्दिरमा चढाईएका गरगहना र सौन्दर्य सामाग्रीहरु माघे संक्रान्तिको अवसर पारेर कालीलाई अर्पण गरिन्छ । आजै बाट धार्मिक मेलाको आयोजना गरी  कमलामाईको महिमाको बारेमा थप प्रचार प्रसार समेत गरिदै छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच