हरिहरपुरगढी गाउँपालिका र हरिवन नगरपालिका बीच पालिकाको क्षेत्रभित्र पर्नेसडक खण्ड निर्माणको लागि सम्झौता

RadioSiddhababa

सिन्धुली, पुष २८, २०८१ आइतबार ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिका बीच दुई पालिकाको क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्ड निर्माण गर्नका लागि सम्झौता भएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले दुवै पक्षबाट आफ्नो पालिका भित्र पर्ने सडक आफैं निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 


हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की र हरिहरपुरगढी गाउँपालिकाका योजना शाखा प्रमुख राजुकुमार उप्रेतीको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौता बमोजिम केराबारी रानीचुरी रागेदोबान सडक खण्ड, हरिवन क्यानेश्वर सडक खण्ड, भित्रीगाछी धुम्बे भुताहा बरुण सडक खण्ड र अत्रौली केवनचुली भुताहा सडक खण्ड निर्माण हुनेछ ।

 

साथै निर्माण हुने सडकको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले अनुगमन समेत गर्नुभएको  छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई र दुधौली नगरपालिकाका शिक्षकहरुलाई क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली, माघ २, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिका भित्रका बिद्यालयका शिक्षकहको क्षमता विकासका लागि अभिमुखीकरण

RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको