मदन भण्डारी लोकमार्ग हरिहरपुरगढी–जितपुरगढी–कामीडाँडा–चपरा सम्म पुग्ने सडकको शिलान्यास

सिन्धुली, मंसिर १७, २०८१ सोमबार ।
मदन भण्डारी लोकमार्ग बाट हरिहरपुरगढी–जितपुरगढी–कामीडाँडा–चपरा सम्म पुग्ने रिङ्गरोड सडकको शिलान्यास गरिएको छ । सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जीमा सडकको शिलान्यास गर्नुभएको हो । ५९ लाख ९८ हजार ८ सय ५९ रूपैयाँ बजेटमा सिद्धलेख निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लीले सडक निर्माणको ठेक्का लिएको हरिहरपुरगढी गाउँपालिकाले छ ।
सडक शिलान्यासको अवसरमा प्रतिनिधिसभा सदस्य दाहालले यस सडकको शिलान्यास संगै निर्माण कार्य सुरुवात भएको बताउदै सडकलाई निर्माण सम्पन्न गर्नको लागि बहुबर्षिय योजनामा पारेर बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हरिहरपुगढी गाउँपालिकालाई औद्योगिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य भएकाले गाउँपालिकामा औद्योगिक र पर्यटकिय विकासको लागि सडक, पुल अनिवार्य रुपमा बन्नु पर्ने उहाँले बताउनुभयो ।
पुराना गढीहरु मध्य सबै संरचना हरु यथावत रहेकाले सडकको पहुँच नपुगेका कारण ओझेलमा परेको उहाँले बताउनुभयो । सडकको पहुँच पुर्याउदै हरिहरपुरगढी गाउँपालिकामा पर्यटन प्रवर्धन हुने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुष्पा भजुेलले सडक शिलान्यास कार्यक्रममा मात्रै सिमित नहुने बताउदै तीन तहको सरकार मिलेर यसलाई पूर्ण गराउन लागिपर्ने बताउनुभएको छ ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले हरिहरपुरगढी गाउँपालिकामा रिङ्गरोड सडक निर्माण संगै ऐतिहासिक हरिहरपुरगढीलाई पर्यटकिय क्षेत्र बनाउनको लागि सहयोग पुग्ने बताउनुभएको छ । गाउँपालिकालाई समृद्ध बनाउनको लागि भित्रि सडकहरु निर्माणमा समेत धमाधम लागिपरिरहेको उहाँको भनाई छ । हरिहरपुरगढी गाउँपालिकाको सौदर्यकरण गर्दै पर्यटकिय क्षेत्र बनाउन डम्फु पार्क निर्माण गरिने अध्यक्ष वाइवाले बताउनुभयो ।

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी
सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य
प्रतिकृया दिनुहोस