सिन्धुलीमा १० औं राष्ट्रिय उद्योग दिवस २०८१ मनाइयो 

RadioSiddhababa

सिन्धुली, मंसिर ९, २०८१ आइतबार ।


१० औं राष्ट्रिय उद्योग दिवस २०८१ सिन्धुलीमा पनि मनाइएको छ । “उद्यमशील संस्कृती, राष्ट्रको समृद्धि” भन्ने मुल नाराको साथमा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा एक कार्यक्रम गर्दै दिवस मनाइएको हो । कार्यक्रमको अवसरमा २ जना सफल उद्यमी र आज कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही लाई सम्मान गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०८०÷८१ मा उद्योग तथा वाणिज्य कार्यालय बाट संचालित बिभिन्न सिपमुलक तालिमहरुमा प्रशिक्षण गर्ने १६ जना प्रशिक्षक हरुलाई सम्मान गरिएको छ । 


कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले सिन्धुली जिल्लामा सम्भावित उद्योगहरुको पहिचान गरि तीनलाई प्रवर्धन गर्न सबै निकाय लाग्नुपर्ने बताउनुभएको छ । उद्योग खोल्नु भन्दा पनि खोलीएका उद्योग हरुलाई निरन्तर प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाई छ । 


कार्यक्रममा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले उद्योग तथा ब्यापार ब्यवसाय संचालन संर्गै बजारिकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभएको छ । राज्यले दिने अनुदान नतिजामुखी हुनुपर्ने उहाँले बताउनुभयो । साथै कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुली जिल्लाकै केन्द्र भएकाले जिल्लाका ९ वटै स्थानीय तहमा उत्पादन भएका सामाग्रीलाई बजारिकरण गर्नको लागि स्टल ब्यवस्थापन गर्न सके उद्यमीहरुलाई थप प्रोत्साहन हुने उहाँको भनाई छ । 


कार्यक्रममा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्योग दिवस नारामा मात्रै सिमित नभई संचालनमा आएका उद्योग हरुको खोजी गर्नुपर्ने, आफ्नो ब्यवसाय बाट पलायन हुन लागेका ब्यवसायीहरुलाई टिक्ने वातावरण सिर्जना गर्नुपर्ने र नयाँ उद्योग संचालन गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सरकारले लगानी गरेर तालिम र बिभिन्न सामाग्री प्रदान गरेकोमा त्यस बाट उद्यमीहरुले आम्दानी गरे नगरेको अनुगमन गर्न समेत उहाँले आग्रह गर्नुएको छ । 


उद्योग तथा वाणिज्य कार्यालय बाट गएको आर्थिक बर्षमा बिभिन्न सामाग्री हरु वितरण गरेको र बिभिन्न सिपमुलक तालिमहरु संचालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले बताउनुभयो । यस आर्थिक बर्षमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि उद्योगी ब्यापारीले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखीने समेत कार्यालय प्रमुख ढकालले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १४ मा लैङ्गिक हिंसा विरुद्ध उपमेयर कार्यक्रम सम्पन्न

सिन्धुली, मंसिर १७, २०८१ सोमबार ।   लैङ्गिक हिंसा विरुद्ध उपमेयर अभियान कार्यक्रम कमलामाई नगरपालिका वडा नं. १४ सम्पन्न भएको छ । लैङ्गिक हिंसा

RadioSiddhababa

मदन भण्डारी लोकमार्ग हरिहरपुरगढी–जितपुरगढी–कामीडाँडा–चपरा सम्म पुग्ने सडकको शिलान्यास

सिन्धुली, मंसिर १७, २०८१ सोमबार । मदन भण्डारी लोकमार्ग बाट हरिहरपुरगढी–जितपुरगढी–कामीडाँडा–चपरा सम्म पुग्ने रिङ्गरोड सडकको शिलान्यास गरिएको

RadioSiddhababa

भौतिक पुर्वाधारको निर्माण गर्दा सार्वजनिक तथा व्यक्तिगत सम्पतीको संरक्षर्ण गर्न सर्वसाधारणको जोड 

सिन्धुली, मंसिर १७ २०८१ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका  २ चियाबारीका स्थानियले भौतिक पुर्वाधारको निर्माण गर्दा भईरहेका सार्वजनिक तथा