सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते
सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार ।
सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । वि.पि. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ राम्माडीमा ग्वाल्टार बाट सिन्धुलीमाडी तर्फ जादै गरेको जेसिबि र सिन्धुली बजार बाट ढुंग्रेबास तर्फ आउदै गरेको मोटरसाइकल एक आपसमा ठोकीएर दुर्घटना हुँदा एक जना घाइते भएका हुन् । घाइते हुनेमा कमलामाई नगरपालिका २ का २२ बर्षिय साजन श्रेष्ठ रहेका छन् ।
बिहिबार साझँ ७ः३० बजेको समयमा मरिण गाउँपालिका ७ का २५ बर्षिय नविन माझीले चलाएको प्रदेश २–०२–००१क १३३९ नं. जेसिबि र साजन श्रेष्ठले चलाएको प्रदेश २–०२–००५ प ४८८९ नंं १५० सिसिको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलीखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमा खड्काले जानकारी दिनुभयो ।
दुर्घटना पश्चात जेसिबि र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिनधुलीले जनाएको छ ।
सिन्धुलीमा १० औं राष्ट्रिय उद्योग दिवस २०८१ मनाइयो
सिन्धुली, मंसिर ९, २०८१ आइतबार । १० औं राष्ट्रिय उद्योग दिवस २०८१ सिन्धुलीमा पनि मनाइएको छ । “उद्यमशील संस्कृती, राष्ट्रको समृद्धि” भन्ने मुल
सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
सिन्धुली, मंसिर ९, २०८१ आइतबार । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत कमलामाई नगरपालिका ९
कर तिर्नेको शिर उच्च राख्ने काम नभएको सिन्धुलीका निजी क्षेत्रको गुनासो
सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले सबै क्षेत्रको ऐक्यबद्धतामा कर तिर्दा देश सम्वृद्ध हुने
प्रतिकृया दिनुहोस