कर तिर्नेको शिर उच्च राख्ने काम नभएको सिन्धुलीका निजी क्षेत्रको गुनासो

RadioSiddhababa

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार ।


सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले सबै क्षेत्रको ऐक्यबद्धतामा कर तिर्दा देश सम्वृद्ध हुने धारणा राख्नु भएको छ । सिन्धुलीमाढीमा कर सप्ताहको समापन कार्यक्रममा बोल्दै सहायक प्रजिअ फुयालले  यस्तो धारणा राख्नुभएको हो ।


यता कार्यक्रममा  निजी क्षेत्रले भने कर तिर्नेको शिर उच्च राख्ने काम नभएको गुनासो गरेका छन् । कर तिर्ने व्यक्तीलाई राज्यले ६ सय प्रतिशत सम्म कर लिने गरेको तर सम्मान गर्न नजानेको उनीहरुको गुनासो छ । विकसित मुलुकमा कर तिर्ने व्यक्तीलाई ठूलो सम्मान हुने गरेको तर नेपालमा सम्मान त के करको सदुपयोग पनि नभएको उनीहरुको आरोप छ । कार्यक्रममा मन्तव्य राख्दै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले देश सञ्चालन करबाट भएकाले कर तिर्ने मानिसलाई उच्च स्थानमा राख्नु पर्ने धारणा राख्नुभयो ।


यस्तै कार्यक्रममा उद्योग वाणिज्य कार्यलय प्रमुख धुव्रप्रसाद ढकाल कर तिर्ने व्यक्तीलाई उत्साहका कर तिर्ने वातारण बनाउन राज्यका निकाय लागि परिरहेको धाराणा राख्नुभयो । कार्यक्रममा कर अधिकृत मनोज न्यौपानले कर दिवस साथै कर सप्ताह मनाउनुका बारेमा प्रकाश पार्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सिन्धुली, मंसिर ९, २०८१ आइतबार । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत कमलामाई नगरपालिका ९

RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । वि.पि. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६

RadioSiddhababa

अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।   अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया