सिन्धुलीको तीनपाटन गाउँपालिका १ मा टोल टोलमा गई नागरिकको स्वास्थ्य परिक्षण
सिन्धुली, कात्तिक २९, २०८१ बिहिबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिका १ मा टोल टोलमा गई नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी सजग गराउने उदेश्यले तीनपाटन गाउँपालिका १ का बिभिन्न स्थानहरुमा कात्तिक २५ गते देखि २९ गते सम्म टोल टोलमा स्वास्थ्य परिक्षण गरिएको हो ।
तीनपाटन गाउँपालिकाको सबै वडामा लागू भएको टोलटोलमा स्वास्थ्य परिक्षण कार्यक्रम कात्तिक २५ गते वडा नं. १ को लामिडाडा, २६ गते पत्ताले, २७ गते तिरतिरे, २८ गते खोरखोला र २९ गते सिस्नेमा संचालन गरिएको छ । उक्त कार्यक्रम मार्फत वडाका ५७ जना महिला र ४१ जना पुरुष गरि ९८ जनाको स्वास्थ्य परिक्षण गरिएको तीनपाटन गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नागरिकहरुको स्वास्थ्य परिक्षण गरि रोगको पहिचान गर्न, स्वास्थ्य उपचारमा सहयोग पुर्याउन तथा स्वास्थ्य सम्बन्धी नागरिकलाई सजग गराउने उदेश्यले टोलटोलमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरिएको हो ।
अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया
भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । ७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् कोण सभा गरि मनाएको छ । सिन्धुलीको
उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार
प्रतिकृया दिनुहोस