कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन
सिन्धुली, भदौ २२, २०८१ शनिबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण समन्वय टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरीएको छ । कमलामाई नगरपालिका ५ नयाँ वस्तीमा रहेको गौमती वातावरण टोल विकास संस्थाको दुई कोठे भवनको बागमति प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
कमलामाई नगरपालिकाको नाममा रहेको दुई धुर जग्गामा दुई कोठे भवन निर्माण गरी संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा भवन उद्घाटन गरिएको संस्थाका अध्यक्ष जमुना श्रेष्ठले जानकारी दिनुभयो । कमलामाई नगरपालिका वडा नंंं ६ को ३ लाख र वडा नं. ५ को ६ लाख गरि नौ लाख रुपैंया लागतमा भवन निर्माण गरिएको हो ।
अधिवेशनका अवसरमा संस्थाले नियमित बचतकर्ता कमल बहादुर श्रेष्ठ र विष्णुमाया मगरलाई नगद र प्रमाणपत्र सहित सम्मान समेत गरेको छ । त्यस्तै संस्थासँग सहकार्य गरि विकासको काममा सहयोग गर्ने प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन, कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का र वडा नं. ६ का वडा अध्यक्ष उज्जल कुमार थापालाई समेत संस्थाले सम्मान गरेको छ ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस