जुनारमा लाग्ने सुँडे पुतली समातेर मार्ने लाई गोलन्जोर गाउँपलिकाले २ रुपैया दिने

RadioSiddhababa

सिन्धुली, भदौ २२, २०८१ शनिबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्ने लाई २ रुपैयाँ दिने भएको छ । जुनार सुन्तला लाई सुँडे मोथ पुतली बाट जोगाइ क्षति न्यूनीकरण गर्ने उदेश्यले पुतली समातेर मार्ने कृषकलाई प्रोत्साहन गर्नको लागि गाउँपालिकाले प्रति पुतली २ रुपैयाँ दिने निर्णय गरेको हो । 


जुनार सुन्तला फलमा क्षती गर्ने सुँडे मोथ पुतली प्रकोपकै रूप देखापरेको र जुनार सुन्तला फल ब्यापक रुपमा क्षती भएकाले पुतली समात्ने र मार्ने उपाय निकालीएको हो । भदौ १५ गते गोलन्जोर गाउँपलिका ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रम बाट पुतली समात्ने र मार्ने निष्कर्ष निकालिएको थियो ।


सोहि अनुसार सुँडे मोथ पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रोत्साहन दिने गोलन्जोर गाउँपालिकाले भदौ २० गते निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ

सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा

RadioSiddhababa

कमलामाई मन्दिरको महिमा बढ्दै

सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको

RadioSiddhababa

“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण 

सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच