नि.मा.वि.लङुरडाडाको बिद्याालय भवन उद्घाटन तथा हस्तान्तरण
सिन्धुली, भदौ २०, २०८१ बिहिबार ।
सिन्धुलीको तीनपाटन गाउपालिका वडा नम्बर १० स्थित निम्न माध्यमिक बिद्यालय लङुरडाडा लाई बिद्यालय भवन हस्तान्तरण गरिएको छ । रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा संचालित एकीकृत सरक्षण तथा समुदाय संग्लगनता परियोजना बाट लङुरडाडामा निर्माण गरिएको बिद्यालय भवन एक कार्यक्रम बिच बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
नव निर्मित भवनको तीनपाटन गाउँपलिकाका अध्यक्ष कर्ण बहादुर मगरले रिबन काटेर र ताम्रपत्रमा लेखिएका शब्द पढेर उद्घाटन गर्नुभएको थियो । बिद्यालयको साँचो रिलिफ नेपाल र वर्ल्ड भिजनका प्रतिनिधिले बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षलाइ प्रदान गरि भवन हस्तान्तरण गर्नुभएको छ ।
बिद्यालय भवन हस्तान्तरण कार्यक्रमको अवसरमा तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगरले रिलिफ नेपाल र वर्ल्ड भिजनले तीनपाटनको बिकाशमा साझेदार गरेर अघि बढेकोमा खुशी खुसी व्यक्त गदै धन्यवाद दिनु भएको छ । कार्यक्रममा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले निर्माण भएको भवनको पुर्ण सदुपयोग गर्न आग्रह गर्दै बिद्यार्थिको लागि उज्वल भबिस्यको कामना गर्नु भएको छ ।
भवन उद्धघाटन कार्यक्रम रिलिफ नेपालको अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षता तीनपाटन गाउपालिका अध्यक्ष कर्ण बहादुर मगरको प्रमुख आतिथ्यता गाउपालिका उपाध्यक्ष धन बहादुर पुलामी, प्रमुख प्रशासकिय अधिकृत १० नम्बर वडाका अध्यक्ष र वर्ल्ड भिजन इन्टरनेशनल नेपालका इस्ट फिल्ड अफिस म्यानेजर बिनय अमात्य, बिध्यालय ब्यबस्थान समिती शिक्षक बिद्यार्थी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस