विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई प्रदान
सिन्धुली, भदौ २०, २०८१ बिहिबार ।
यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरी घिमिरेलाई प्रदान गरिएको छ । सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै नेपाल पत्रककार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव अधिकारीकर्मी कृष्णहरि घिमिरेलाई २१ औं विशाल – कुमार स्मृति दिवसको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार घिमिरेलाई प्रेस चौतारी नेपालको संवन्वयमा विशाल कुमार – स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् शेरमान कुवर (विशाल) को जीवन संगिनी निरू दर्लामी र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं विशाल कुमार स्मृति प्रतिष्ठानका संरक्षक मनोज जंग थापाले दोसल्ला ओढाउँदै प्रमाण पत्र र नगद पाँच हजार रुपैंया प्रदान गरेका थिए ।
विशाल कुमार स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना जनपक्षीय पत्रकारलाई स्मृति दिवसको अवसरमा सम्मान र पुरस्कृतगर्दै आएको छ । तत्कालिन माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ लाई सिरहा जिल्लाको धन्छवारमा तत्कालिन नेपाली सेनाद्वारा नियन्त्रणमा लिई आजकै दिन अर्थात भदौ २० गते गोलीहानी बिभत्स हत्या गरेको थियो ।
स्मृति कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले बिशाल कुमारले देखाउनु भएको बाटोबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको र त्यसको नेतृत्व अहिले केपी ओलीले गरिरहनु भएको बताउनुभयो । पुष्पलाल, मदन भण्डारी र केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनको एउटै पाटो भएको र एमाले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस