फोनिज बागमती प्रदेशको २५ औं स्थापना दिवसको अवसरमा फोनिजकर्मी नविन श्रेष्ठ सम्मानित 

RadioSiddhababa

सिन्धुली, साउन २६, २०८१ शनिबार ।


नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज बाग्मती समितीको २५ औ स्थापना दिबस सिन्धुलीमाढीमा मनाइएको छ । फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा २५ औं स्थापना दिवस मनाइएको हो । 


दिबसको अबसरमा सिन्धुली खबर डटकमका प्रधान सम्पादक नविन श्रेष्ठ सम्मानित हुनुभएको छ । फोनिज बागमती प्रदेश समितिले लामो समय देखि सिन्धुलीमा रहेर पत्रकारितामा क्रियाशील श्रेष्ठले प्रदेशमा फोनिजको अभियान सशक्त बनाउन खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो । श्रेष्ठलाई ५ हजार ५०० रुपैयाँ सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।


फोनिज बागमती प्रदेश समितिको प्रकाशन विभाग प्रमुखसमेत रहनुभएका प्रधानसम्पादक श्रेष्ठ लामो समयदेखि पत्रकारितासँगै फोनिजको अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले फोनिज सिन्धुली जिल्ला कार्यसमितिमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काम गरिसक्नुभएको छ । २०६२ सालमा फोनिजसँग जोडिनुभएका उहाँ २०६४ मा सिन्धुली जिल्ला कार्यसमिति सदस्य, २०६७ मा उपाध्यक्ष र २०७४ देखि २०७८ सम्म अध्यक्ष रहनुभएको थियो ।

 

जिल्ला देखि प्रदेश सम्म फोनिजको संगठन विस्तार र संस्थागत कार्यक्रमहरु सफल बनाउन उहाँले योगदान गर्दै आउनुभएको छ । सोही योगदानको मूल्यांकन गर्दै २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो । 


कार्यक्रमको अबसरमा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले आदिबासी जनजाती पत्रकार महासंघले जनजातीहरुको हकमा धेरै अघिकारहरु स्थापित गर्न सफल भएको बताउनुभएको छ । एकात्मक राज्य प्रणालिले बिभिन्न जातका आधारमा विभिन्न भेषभूसा धर्मको आधारमा बिभिन्न कालखण्डमा जनजातीका अधिकारहरु खोसीए पनी त्यस्लाई बिस्थापित गर्दै अधिकार स्थापना गर्न सफल भएको उहाँको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।   सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

RadioSiddhababa

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन 

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

RadioSiddhababa

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर