सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रामटारमा हाटबजार संचालनमा ल्याइयो
सिन्धुली, साउन २३, २०८१ बुधबार ।
सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रामटारमा हाटबजार संचालनमा आएको छ । स्थानीय रैथाने अर्गानिक उत्पादनको किनबेच गर्ने उदेश्यले प्रत्येक साताको बुधबार लाग्ने हाट बजार संचालनमा ल्याइएको हो । हाट बजारको बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोइरालाले उद्धघाटन गर्नुभएको छ ।
सुनकोशी गाउँपालिका र लि बर्ड संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा ३९ वटा स्टलहरु निर्माण गरि हाट बजार संचालनमा ल्याइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिनुभयो । हाट बजार संचालनको पहिलो दिन तरकारी, फलफूल, लोकल कुखुरा लगायतका २९ वटा स्टल बाट ब्यापार भएको छ ।
स्थानीय साना किसानहरुलाई प्रोत्साहन गर्दै स्थानीय रैथाने, अर्गानिक बालीहरुलाई जनस्तर सम्म पुर्याउने र प्रोत्साहन गर्ने, स्यानीय उत्पादन लाई बजार संग जोडेर अर्थतन्त्र लाई मजबुद बनाउने उदेश्यले हाट बजार संचालनमा ल्याइएको उहाँले बताउनुभयो । स्थानीय स्तरमा हाट बजार संचालन पश्चात किसानको आर्थिक अवस्थामा सुधार गर्ने अपेक्षा रहेको उहाँको भनाई छ ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस