फिक्कल गाउँपालिका ३ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने
सिन्धुली, साउन २३, २०८१ बुधबार ।
सिन्धुलीको फिक्कल गाउँपालिका ३ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । वडालाई २०८१ माघ मसान्त भित्र बाल मैत्री स्थानीय शासन वडा घोषणा गर्न लागिएको हो । वडालाई बालमैत्री घोषणा गर्नको लागि मंगलबार सम्पन्न २ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालिममा सरोकारवाला निकायहरूले बालमैत्री वडा घोषणा गर्न सामूहिक प्रतिबद्धता गरेका छन् । फिक्कल गाउँपालिका वडा नं. ३ को आयोजना बालमैत्री स्थानीय शासन समितिको समन्वय रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी किन ? बालमैत्री स्थानीय शासनको ५१ वटा सूचक, ५ वटा चरण, बालमैत्री स्थानिय शासन वडा स्तरिय समिति गठन, बाल मैत्री आचारसंहिता निर्माण गरि समितीको काम कर्तव्य अधिकारका बारेमा सहभागीहरूलाई रिलिफ नेपालमा कार्यरत शान्ति बराल र अनिल सार्कीले प्रसिक्षण गराउनु भएको थियो । तालिममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लब सञ्जालको प्रतिनिधि, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, सरोकारबाला निकाएका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
बालमैत्री वडा बनाउनका लागि बाल बचाउको सूचक स्वास्थ्य संस्था, महिला स्वास्थ्य संस्था, खानेपानी सरसफाइ समितिलाई, बाल विकासको सूचक सम्पूर्ण विद्यालय, शिक्षक, शिक्षा शाखा, बाल सरक्षणको सूचक वडा समिति र सम्पूर्ण अभिभावक र बाल सहभागिता सूचकको लागि बाल क्लब, बाल सञ्जाल, वडा समितिलाई जिम्मा दिइएको छ । वडा अध्यक्ष टेक बहादुर रजन मगरले सबैको साथ सहयोग पाए तोकिएको समयमा वडा लाई बाल मैत्री वडा घोषणा गर्न सकिने बताउनुभयो ।
कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन
सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण समन्वय टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरीएको छ ।
जुनारमा लाग्ने सुँडे पुतली समातेर मार्ने लाई गोलन्जोर गाउँपलिकाले २ रुपैया दिने
सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्ने लाई २ रुपैयाँ दिने भएको छ । जुनार
नि.मा.वि.लङुरडाडाको बिद्याालय भवन उद्घाटन तथा हस्तान्तरण
सिन्धुली, भदौ २०, २०८१ बिहिबार । सिन्धुलीको तीनपाटन गाउपालिका वडा नम्बर १० स्थित निम्न माध्यमिक बिद्यालय लङुरडाडा लाई बिद्यालय भवन हस्तान्तरण
प्रतिकृया दिनुहोस