नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

RadioSiddhababa

सिन्धुली, माघ २०, २०८० शनिबार ।


सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्नुभएको छ । नवनिर्मित १५ शय्याको नगर अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गर्नुभएको हो ।


अस्पताल उद्धघाटनको अवसरमा प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दुधौली क्षेत्रमा विषालु सर्पको टोकाइ बाट धेरैको ज्यान जाने गरेकाले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

 


 

कार्यक्रममा प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास बाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको र कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो ।


स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको बताउदै त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको उहाँको भनाई छ । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँले बताउनुभयो ।


वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोण सहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकार बाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताउनुभयो । 

 


 

मुलुकको अर्थतन्त्रलाई सही स्थानमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पार्नुभयो । कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले नगर अस्पतालको विकासमा प्रदेश सरकारको तर्फबाट उचित सहयोग रहने बताउनुभयो ।

 

अस्पताल उद्धघाटनको अवसरमा सिन्धुली जिल्लाका दुबैवटा क्षेत्रका प्रतिनिधीसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु जिल्ला समन्वय समितिका प्रमुख, बिभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिती रहेको थियो । 


करिब १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने जनाइएको छ ।

 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बैशाख ६ गते देखि हुने नेपाली फुड फेस्टिवलको पर्यटन मन्त्री पाण्डेले उद्धघाटन गर्नुहुने 

    विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदै छ । वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी

RadioSiddhababa

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड

सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

RadioSiddhababa

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न

सिन्धुली, चैत १४, २०८१ बिहिबार । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम