गोलन्जोरमा रूपान्तरण कक्षा सञ्चालनको लागि सम्झौता
सिन्धुली । रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत संरक्षण तथा समुदाय संलग्न परियोजना अन्तर्गत गोलन्जोर गाउँपालिकामा सञ्चालन भई रहेको (रूपान्तरण) जीवन उपयोगी सिप कक्षा सञ्चालनको लागि सम्झौता भएको छ । मङ्गलवार पालिकामा एक कार्यक्रम गरी सम्झौता गरिएको हो ।
रिलिफ नेपालले गोलन्जोर गाउँपालिकाकालाई कार्यक्षेत्र बनाएर वडाहरूमा (रूपान्तरण) जीवन उपयोगी शिक्षा कार्यक्रम विगतका वर्ष देखि सञ्चालन गर्दै आएको छ । रिलिफ नेपाल , वर्ल्ड भिजन इन्टरनेसनल नेपालले छनोट गरेका रूपान्तरण सहजकर्ताहरूलाई आवसिय प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न लागेको रिलिफ नेपालमा कार्यरत अनिल सार्कीले बताउनु भयो ।
तालिम लिएर फर्किएका १० जना सहजकर्ताले १० ओटा रूपान्तरण कक्षा पालिकामा २६ हप्ता सम्म सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनको लागि आवश्यक स्टेशनरी सामाग्री तालिम अवधि भर आवश्यक पर्ने सामाग्री दिनुको साथै तालिम अवधिमा अनुगमन र पुष्ट पोषण गाउँपालिकाले गर्ने दुई पक्ष सम्झौतामा लेखिएको उहाँले बताउनु भयो ।
उक्त रूपान्तरण कार्यक्रममा सहभागी बालबालिकाको चौतर्फी विकासमा सहयोग पुगेको र आत्मा सुरक्षाका सन्दर्भमा बालबालिकाको क्षमता विकास भएकोले आगामी दिनमा गाउँपालिका प्रमुखले जिम्मेवार भूमिकामा रही कार्यक्रमलाई अगाडि बढाउने गाउँपालिका अध्यक्ष शकर राज बराल बताउनु भयो ।
रूपान्तरण तालिम लिएर आएपछि रूपान्तरण साथी सहजकर्ताहरूले आफ्नो समुदायमा २० देखि २५ वर्ष उमेर समूहका किशोेर किशोरी तथा बालबालिकाहरू लाई २६ हप्तासम्म स्थानीय स्तरमा सेनेटरी प्याड बनाउन सिकाउने , यौन तथा प्रजनन शिक्षा , आत्मा सुरक्षा जस्ता विभिन्न शीर्षकमा तालिम सञ्चालन गर्ने छन् । तालिम पुस १ गते देखि गोलन्जोर गाउँपालिकाको १,२,३,४,६सञ्चालन हुनेछ ।
सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली
प्रतिकृया दिनुहोस