फिक्कलमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा   र्‍याली तथा वक्तृत्वकला प्रतियोगिता  

RadioSiddhababa

सिन्धुली ।आज अन्तर्राष्ट्रिय बाल दिवस (नोभेम्बर २०) को अवसरमा फिक्कल गाउँपालिका ५ मा बालविवाह, बालश्रम बिरुद्ध  र्‍याली तथा हाम्रो अभियान विषयमा खुल्ला वक्तृत्वकला प्रतियोगिता  भएको छ ।  वडा स्तरीय  बाल क्लबको आयोजना फिक्कल गाउँपालिका ५ को समन्वय  , रलिफि नेपाल सिन्धुली र वल्र्डभजिन इन्टरनेशनल नेपालको सहयोगमा वक्तृत्वकला प्रतियोगिता भएको हो । 

 

वक्तृत्वकला प्रतियोगिता हसिला श्रेष्ठ प्रथम,इमा पहाडी दृतीय,मेनुका मगर तृतीय र  फडिन्द्र बि क चौथो हुनु भएको छ । वक्तृत्वकला प्रतियोगितामा सहभागी बाल क्लबका बालबालिकाहरूले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर बाल क्लब लाई  कार्यक्रमहरू सञ्चालन गर्न दिँदा बालबालिकाहरूको  क्षमता विकास हुनुका साथै बालबालिकाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । 

 

 

त्यस्तै फिक्कलमा गाउँपालिका वडा नम्बर ५ का बाल क्लबका अध्यक्ष हर्क बहादुर बि क को अध्यक्षतामा सञ्चालन भएकोको   कार्यक्रममा बालबालिकाले बालविवाह, बालश्रम र बाल अधिकार प्रवर्द्धन मा स्थानीय तहको भूमिका बारे फिक्कल ५का वडाका वडा अध्यक्ष वैकुण्ठ लाल पहाडी वडा सदस्यहरू फिक्कल गाउँपालिकाका प्रशासकीय अधिकृत सुलोचना लुइँटेल महिला स्वयम सेविका बिच अन्तरक्रिया भएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सिन्धुली, मंसिर ९, २०८१ आइतबार । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत कमलामाई नगरपालिका ९

RadioSiddhababa

कर तिर्नेको शिर उच्च राख्ने काम नभएको सिन्धुलीका निजी क्षेत्रको गुनासो

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले सबै क्षेत्रको ऐक्यबद्धतामा कर तिर्दा देश सम्वृद्ध हुने

RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । वि.पि. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६