एक दिनको लागि वडा अध्यक्षमा बस्नेत
सिन्धुली ।एक दिनको लागि तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडा अध्यक्ष भावना बस्नेत बन्नु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवस अवसरमा आज बस्नेत वडा अध्यक्ष बन्नु भएको हो ।
तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडा अध्यक्ष तिलक बहादुर बस्नेतले वडा अध्यक्ष पद तीनपाटन गाउँपालिका ११ नम्बर वडाको बाल सञ्जाल सचिव भावना बस्नेतलाई वडाको एक दिनको लागि अध्यक्ष जिम्मेवारी दिनु भएको हो ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आफूलाई पद हस्तान्तरण गरेकोमा भावना खुसी हुँदै वडा अध्यक्ष तिलक बहादुर बस्नेत सँग वडा समितिले बालबालिकाको क्षेत्रमा गरिरहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी लिनु भएको थियो ।
२०८० मङ्सिर ४ मा ११ नम्बर वडालाई बाल मैत्री वडा घोषणा गर्ने भने पनि ढिलाइ भएको बालमैत्री वडा घोषणाको लागि सूचकहरू पुरा हुन नसकेको र बाल क्लबले बाल विवाह न्यूनीकरणको लागि गैर सरकारी संस्था सँग मिलेर काम गरिरहेको र अध्यक्ष सँग वडा समितिले गर्ने कामको बारेमा जानकारी गराउनु भएको थियो । बस्नेतले भोलिको कर्णधार बालबालिका भएकोले उचित शिक्षा , ब्यवाहार, परिवारको साथ मिले बालबालिकाले काम गर्न र वडा समितिले गर्नु पर्ने काम र आफू वडा अध्यक्ष भई रहँदा गर्ने कामको निर्णय गर्नु भएको थियो
तीनपाटन गाउँपालिका ११लाई पुस २९ गते बालमैत्री वडा घोषणा गर्ने भएको छ । बाल श्रम मुक्त गर्न बजार क्षेत्रको होटेल, पसल, बाइक ग्यारेजमा बाल क्लबको अगुवाइमा स्टिकर टाँस्ने कार्यक्रम गर्ने र बाल क्लब , बाल सञ्जाल लाई सक्रिय गर्न, विभिन्न कार्यक्रम गर्ने निर्णय समेत बस्नेतले गर्नु भएको हो । वडा कार्यालय , रिलिफ नेपाल र वर्ल्ड भिजन नेपालको सहकार्यमा एक दिन भए पनि अन्तर्राष्ट्रिय बाल दिवसको दिन पारेर आफूलाई बडा अध्यक्ष बन्न दिएकोमा थप हौसला र खुसी मिलेको बस्नेतले बताउनु भयो ।
सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली
प्रतिकृया दिनुहोस