शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

RadioSiddhababa

 

सिन्धुली, माघ १६, २०७९ सोमबार ।


आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा यो दिवस मनाइएको हो ।


दिवसको अवसरमा राष्ट्रिय प्राजातान्त्रिक काठमाण्डौ सिन्धुली सम्पर्क समाजको आयोजना तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुलीको समन्वयमा विर सहिदहरुको सम्झनामा कमलामाई मन्दिर परिसर सरसफाई गरिएको छ । साथै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । 


कार्यक्रममा काठमाण्डौ सिन्धुली सम्पर्क समाजका अध्यक्ष सुर्य कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव श्रीकृष्ण घिसिङ, पार्टी जिल्ला अध्यक्ष भिष्म राज श्रेष्ठले नेपालमा प्रजातन्त्र प्राप्तीका लागि विर सहिदहरुको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै जिल्लाको घ्याङलेख गाउँपालिकाले सहिद दिवसको अवसरमा सहिदको तस्विरमा पुष्प गुच्छा अर्पण गर्दै सहिद हरुको सम्झना गरिएको छ । 


जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । 


स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बैशाख ६ गते देखि हुने नेपाली फुड फेस्टिवलको पर्यटन मन्त्री पाण्डेले उद्धघाटन गर्नुहुने 

    विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदै छ । वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी

RadioSiddhababa

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड

सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

RadioSiddhababa

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न

सिन्धुली, चैत १४, २०८१ बिहिबार । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम