मिलिजुली सहकारीको १८ औँ वार्षिक साधारण सभा उद्घाटन 

RadioSiddhababa

सिन्धुली–कमलामाई नगरपालिका–६,धुराबजारमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा आज (आइतबार)उद्घाटन गरिएको छ ।

 

कोरोना महामारीका कारण सहकारी विभागले जारी गरेको निर्देशिकाबमोजिम सप्ताहव्यापी रुपमा समापन हुने साधारण सभाको कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रिले उद्घाटन गर्नुभयो । वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदै नगरप्रमुख खत्रिले मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको मुक्तकण्ठ प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो,‘ मिलिजुली सहकारी जिल्लाकै उत्कृष्ठ सहकारी हो । ’ 


यस्तै सहकारीले समाजमा उल्लेख्य योगदान गरेको र अझै ठूलो परिणामको नतिजा दिनका लागि एक रुपतामा नीति र विधीलाई मानेर सिस्टम्मा जानुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयोे । यसैका लागी नगरभित्रका सहकारीहरुको प्रगती विवरण,अडिट रिपोर्ट संकलन कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक समृद्धिका लागीे सहकारीलाई उद्योग तथा उत्पादनसंग जोड्नु पर्ने नगरप्रमुख खत्रिको भनाई छ ।  

धुराबजारस्थित कमलामाई पार्टी प्यालेसमा एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरिएको वार्षिक साधारण सभा मंसिर १३ गते सम्पन्न गरिने छ । योविचको अवधिमा कोभिड–१९ को जोखीमलाई दृष्टिगत गर्दै सहकारीका सदस्यहरुसंग समुहगत रुपमा भेटघाट,अन्र्तक्रिया गरि सुझाव संकलन गरिने जनाइएको छ । 


कार्यक्रममा संस्थाकी अध्यक्ष बाल कुमारी श्रेष्ठले हाल संस्थामा बाल बचत र सदस्य समेत गरेर ४८२० जना सदस्य सेवाग्राहीलाई समेटी एक करोड ८० लाख ४७ हजार छ सय रुपैयाँ शेयर पुँजी संकलन गरि २० करोड कुल कारोवार गर्न सफल भएको बताउनुभयो ।

उहाँका अनुसार संस्थाले १२ जना कर्मचारीलाहरुलाई पुर्ण रोजगारी प्रदान गर्न सफल भएको छ । सहकारीले २२ वटा नीति निर्माण गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । समुदायमा आधारीत सामाजिक र आर्थिक विकास गर्ने लक्ष्य र गरिवी निवारण वित्तिय समावेशिता र सशक्तिकरण जस्ता पवित्र उद्देश्य लिएर निरन्तर समृद्ध समाज निर्माणमा सहकारीलाई केन्द्रित गराइएको उहाँको भनाई छ । 


यस्तै संस्थाका सचिव उज्ववल ढकालले सहकारीको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रगती प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा संस्थाको संचालन मुनाफा ५६ लाख ४९ हजार ७२५ रुपैयाँ ५२ पैसा रहेको छ । 


यसैविच साधारण  सभाको उद्घाटन सत्रमा सिड्स नेपाल,सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरेले करिब एक लाख २५ हजार रुपैयाँ र ४८ जना सदस्यहरुबाट प्रारम्भ गरिएको सहकारी हाल करिब ४ हजार सदस्यहरु र करिव २० करोडको कारोबार गर्न सफल भएकोमा सहकारी परिवारलाई बधाई दिनुभएको थियो ।

 

कार्यक्रममा सहकारीमा आवद्ध दश जना जेष्ठ नागरिक,उत्कृष्ठ बचतकर्ता,असल ऋणी,नियमित अधिकतम बाल खुत्रुके बचत कर्ता,उत्कृष्ठ बचत समुह लगायतलाई सम्मान समेत गरिएको थियो । 


स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गदैँ उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रम स्थलमा अनिर्वाय मास्कको प्रयोग,स्यानेटाइजर प्रयोग गर्नुका साथै कार्यक्रमका सहभागिहरुलाई भौतीक दुरी कायम हुने गरि राखिएको थियो । 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन