“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण
सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल
जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण गरिएको छ । प्राविधिक तर्फ अध्यन गर्ने ८७ जना बिद्यार्थीहरुलाई उक्त रकम आज एक कार्यक्रमका बिच बितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई सिन्धुली र जनज्योती मा.वि. फोस्रेटार बिचको सम्झौता लागत साझेदारीमा “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रम संचालन गरिएको हो ।
शैक्षिक सत्र २०७७÷७८ मा “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रम अन्तर्गत कुखुरा पालन, माछा पालन, मौरी पालन तथा बिभिन्न तरकारीहरु उत्पादन गरि १ लाख ४४ हजार ५ सय २९ रुपैया आम्दानी गरिएकोमा उक्त रकमको ५० प्रतिशत अर्थात ७२ हजार २ सय ६४ रुपैया ५० पैसा बिद्यार्थीलाई बितरण गरिएको छ । आम्दानीको उक्त रकम मध्य बाट आइएसई एजी को दोस्रो बर्षमा अध्यनरत बिद्यार्थीहरुलाई ३० हजार २ सय ५० रुपैया, १८ महिने कृषि जेटिए तर्फका बिद्यार्थीलाई २८ हजार ५ सय २९ रुपैया र १८ महिने भेटेनरी जेटिए तर्फका बिद्यार्थीलाई १३ हजार ४ सय ४४ रुपैया रकम बितरण गरिएको बिद्यालयले जनाएको छ ।
प्राविधिक तर्फ अध्यन गरिरहेका ८७ जना बिद्यार्थीलाई समुहमा बिभाजन गरेर काम लगाइएको थियो । आज भएको रकम बितरण कार्यक्रममा जनज्योती मा.वि फोस्रेटारका प्रधानाध्यापक भिम बिक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंखर राज लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाको शिक्षा शाखा अधिकृत हित कुमारी पौडेल, कन्दमुल बिकास केन्द्रका प्रमुख संजय धिमाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रमुख देवराज अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख सुजन सेढाई वडा न. ५ का वडा सदस्य दिपा बैजुको बिशिष्ट आतिथ्यता रहेको थियो ।
राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले गत आर्थिक बर्षमा ९० प्रतिशत माथि कर्जा असुल गर्न सफल
सिन्धुली, भदौ २, २०८१ आइतबार । सिन्धुलीमा गत आर्थिक वर्ष ०८०।०८१ मा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले ९० प्रतिशत माथि कर्जा असुल गर्न सफल भए सँगै ९
१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित
सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार
राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन
सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन
प्रतिकृया दिनुहोस