राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

RadioSiddhababa

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर


सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन गरिएको छ । आज बागमती प्रदेश सांसद बिनोद खड्काले मिनिमार्केटको रिवन काटेर उद्घाटन गर्नु भएको हो ।


उद्घाटन पश्चात कार्यक्रममा सांसद खड्काले स्वागत मन्तब्य राख्नुहुदै आजबाट सिन्धुलीमा अलिक फरक प्रकृतीको ब्यवसाय संचालनको शुभारम्भ भएको बताउनु भएको छ । उहाले मानव जिवनमा आवश्यक सबै किसिमको सामान एकै छानामुनी पाईने यस मिनिमार्केटमा सामानको मुल्यमा भने एकरुपता ल्याउन सल्लाह दिनु भएको छ ।


यस्तै कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्नुहुदै मिनिमार्केटका ब्यवस्थापक कृष्ण मोहन मेहेताले सिन्धुलीका ब्यवसाहीहरुलाई ब्यवसाय गर्न सहज होस भन्ने हेतुले एस मिनिमार्केटको स्थापना गरेको बताउनु भयो । उहाले मिनिमार्केटमा फ्रि वाईफाई, सेक्युरिटीको ब्यवस्था, सिसि क्यामेरा, पुरुष र महिलाको लागी छुट्टा छुट्टै शौचालय लगाएत पार्किङको राम्रो ब्यवस्था रहेको बताउनु भएको छ ।


कार्यक्रममा बागमती प्रदेश सांसद बिनोद खड्काको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष मेहेन्द्र ढकाल, नेकपा एमाले जिल्ला पार्टी सह सचिव महेन्द्र देव श्रेष्ठ, उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष देवराज वाईवा, राष्ट्रिय खेलकुद महासंघका जिल्ला अध्यक्ष गोकर्ण भुजेल लगायत जिल्लाका ब्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

मिलिजुली सहकारीको १८ औँ वार्षिक साधारण सभा उद्घाटन 

सिन्धुली–कमलामाई नगरपालिका–६,धुराबजारमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा आज (आइतबार)उद्घाटन गरिएको छ