राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले गत आर्थिक बर्षमा ९० प्रतिशत माथि कर्जा असुल गर्न सफल
सिन्धुली, भदौ २, २०८१ आइतबार ।
सिन्धुलीमा गत आर्थिक वर्ष ०८०।०८१ मा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीले ९० प्रतिशत माथि कर्जा असुल गर्न सफल भए सँगै ९ करोड भन्दा बढी नाफा कमाएको छ । १ हजार १ सय भन्दा बढी लगानी कर्तालाई गरेको लगानी बाट प्राप्त आम्दानी र अन्य बैकको प्रक्रियागत शुल्क बाट प्राप्त आम्दानीबाट बैंकले उक्त नाफा कमाउन सफल भएको हो । निजी क्षेत्रका बैंक तथा बित्तिय संस्था, उद्योग, व्यापारको तुलनामा वाणिज्य बैंक सिन्धुलीमा कमै आर्थिक मन्दीको प्रभाव परेको र स्रन्तोषजनक कारोबार रहेको बैकका शाखा प्रवन्धक लाल बहादुर थोकरको भनाई छ ।
यद्यपी बैकले सरकारी क्षेत्रमा संलग्न व्यक्ती लाई गरेको लगानी सहज रुपमा असुल गर्न सफल भए पनि निजी क्षेत्रको व्यापार व्यवसायमा गरेको लगानीको नियमित किस्ता उठाउन भने केही चुनौती नै देखिएको छ । बजारमा मानिसको चहलपहल र कारोबार निकै कम हुन थाले पछि व्यापार व्यवसाय गरेर बैंकको नियमित किस्ता तिर्न समस्या हुन थालेको व्यापारी दामोदर अधिकारीको भनाई छ । यता आर्थिक मन्दीको प्रभावले निजी क्षेत्र थिलथिलो भईरहेको समयमा वाणिज्य बैंकले उनीहरुको आर्थिक अवस्था उकास्न र उद्यमशील र विपन्न क्षेत्रमा समेत कर्जा लगानी गरेको बैंकको भनाई छ ।
बाणिज्य बैंक सिन्धुली शाखाले हाल सम्म प्रति व्यक्ती ४ लाख सम्मको दरले ८४ जनालाई ३ करोड कर्जा लगानी गरेको छ । यस्तै विपन्न र कृषी क्षेत्रमा समेत गरी २७ करोड कर्जा लगानी भईरहेको पनि कार्यालयले जनाएको छ । यसैगरी उत्पादनशिल क्षेत्रमा १५ लाख रुपैया सम्मका २१ वटा महिला उद्यमशिल कर्जा वितरण गरिएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण
सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको
१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित
सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार
राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन
सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन
प्रतिकृया दिनुहोस