१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

RadioSiddhababa

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर


करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार कार्कीलाई सम्मान गरेको छ । सिन्धुली कर कार्यालयको कार्य क्षेत्र भित्र आर्थिक बर्ष २०७६÷७७ मा सबैभन्दा बढी कर दाखिला गरेको भन्दै शिद्धबाबा कन्ट्रक्सनका प्रवन्ध निर्देशक दिपक कुमार कार्कीलाई दोसल्ला ओढाएर आज एक कार्यक्रमका बीच सम्मान गरेको हो । 


‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ । आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको करदाता सेवा कार्यालय सिन्धुलीका कर अधिकृत नारायण प्रसाद दंगालले बताउनु भयो ।


आजबाट सुरु भएर आगामी ७ गते सम्म चल्ने १० औँ राष्ट्रिय कर दिवस २०७८ कर सप्ताह उद्घाटन समारोह कार्यक्रम करदाता सेवा कार्यालय सिन्धुलीका कर अधिकृत नारायण प्रसाद दंगालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन

RadioSiddhababa

मिलिजुली सहकारीको १८ औँ वार्षिक साधारण सभा उद्घाटन 

सिन्धुली–कमलामाई नगरपालिका–६,धुराबजारमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा आज (आइतबार)उद्घाटन गरिएको छ