सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण

RadioSiddhababa

 

सिन्धुली, बैशाख २७, २०८१ बिहिबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादन कार्यक्रम मार्फत वडा नं. ५ का कृषकहरुलाई कृषि सामाग्री तथा औजार वितरण गरिएको हो । कमलामाई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा सामाग्री वितरण गरिएको हो ।


स्थानीय शाखाजोर कृषक समुह मार्फत बेसार, अदुवाको बिउ, विषादी, सुक्ष्म खाद्य तत्व, हाते ट्याक्टर, स्लाइट बनाउने मेसिन, अदुवा सुकाउने मेसिन वितरण गरिएको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवि प्रसाद सापकोटाले बताउनुभयो । 


कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले बेसार तथा अदुवा खेतिलाई ब्यवसायीकीकरण गर्दै ब्राण्डीङ गर्ने र अन्तराष्ट्रियस्तर सम्म पुर्याउन कमलामाई नगरपालिकाले बजारिकीरण गर्ने बताउनुभएको छ । अदुवा बेसार बन्यजन्तुले पनि नखाने, धेरै पानी पनि नचाहिने भएकाले यसको क्षेत्र विस्तार गर्न पहल गर्ने बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा लिफ्ट सिंचाई आयोजनाको शिलान्यास

  सिन्धुली, जेठ ७, २०८१ सोमबार । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा लिफ्ट सिंचाई आयोजनाको शिलान्यास गरिएको छ । सुनकोशी गाउँपालिका ६ तिनखोप्रेमा

RadioSiddhababa

मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान

सिन्धुली, जेठ ६, २०८१ आइतबार ।   सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह

RadioSiddhababa

सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण

  सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि