पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनालाई फिक्कल गाउँपालिका अध्यक्ष सुनुवार द्धारा ध्यानार्कषण पत्र बुझाइयो

RadioSiddhababa

 

सिन्धुली, बैशाख २७, २०८१ बिहिबार ।


सिन्धुलीको फिक्कल गाउँपालीकाका अध्यक्ष पार्वती सुनुवारले पुष्पलाल मध्यपहाडि लोकमार्ग आयोजनाका आयोजना प्रमुख लाई ध्यानार्कषण पत्र बुझाउनुभएको छ ।  


पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट, घुर्मी खण्डमा पर्ने सोलुखोला, खाङसाङ खोलाको पुल लामो समय देखि निर्माण कार्य अलपत्र रहेको, बर्खायाममा सडक अवरुद्ध हुनगई यात्रुहरु बारम्वार कष्टकर यात्रा गर्न बाध्य हुनुको साथै सडकका विभिन्न खण्डहरु पक्कि गर्ने कार्य पनी बाँकी रहेको र सडक मर्मत नहुदा सडक जिर्ण हुदै गएको भन्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । 


त्यस्तै सडक खण्ड अन्तर्गतका बजार क्षेत्रहरु ग्वाल्टार, खाङसाङवेसी, निगुरेवेसी, सुम्नामवेसी, सोखुवेसी, तीनखण्डे, तर्केनीवेसी, झगरेखोला च्याउटार क्षेत्रमा पैदल यात्रुहरुको लागी फुटपाट समेत निमार्ण गर्ने विषयमा ध्यानाकर्षण पत्र बुझाईएको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा लिफ्ट सिंचाई आयोजनाको शिलान्यास

  सिन्धुली, जेठ ७, २०८१ सोमबार । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा लिफ्ट सिंचाई आयोजनाको शिलान्यास गरिएको छ । सुनकोशी गाउँपालिका ६ तिनखोप्रेमा

RadioSiddhababa

मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान

सिन्धुली, जेठ ६, २०८१ आइतबार ।   सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह

RadioSiddhababa

सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण

  सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि