सिन्धुलीको भिमानमा चार घर २१ दिनका लागि सिल
सिन्धुली । सिन्धुलीको भिमान बजारका ४ घर २१ दिनको लागि सिल गरिएको छ । काठमाण्डौमा कोरोना भाईरस पुष्टी भएकी एक महिलाले कमलामाई नगरपालिका–९ भिमानमा आफन्तकोमा बसी खाना खाएको खुल्न आएपछि ४ घर सिल गरिएको हो । कोरोना भाईरस सङक्रमित महिलाले खाना खाएको घर सहित चारवटा घरलाई बुधबार दिउसो देखि २१ दिनको लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार सुनसरी जिल्लाको एक महिला काठमाण्डौ जानेक्रममा सोमबार बिहान ९ बजेतीर भिमानमा आफन्तको घरमा पसेर खाना खाएको खुलेको छ ।
ती महिलाको काठमाण्डौमा स्वाब परिक्षणको क्रममा मङगलबार मात्रै कोरोना भाईरस सङक्रमण पुष्टि भएपछि ती घर २१ दिनको लागि सिल गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले ती महिलाले खाना खाएको घर र खाना खाएको घरका मानिस जुन–जुन घरमा गएका छन् ती समेत चार घरलाई सिल गरेको बताउनुभयो ।
सिल गरिएका घरका १९ जना अब घरबाट बाहिर समेत निस्किन नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २१ दिनपछि ती मानिसको स्वाब सङकलन गरी परिक्षणका लागि काठमाण्डौ पठाईने सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले बताउनुभयो ।
स्वाब परिक्षणका क्रममा नतिजा निगेटिभ आए छाडिने र पोजेटिभ आए उपचारका लागि ती मानिसलाई काठमाण्ठौ पठाईने पनि उहाँले बताउनुभयो ।
कर्मचारी युनियनको अध्यक्षमा दिनेश पोखरेल र कर्मचारी संगठनमा डिल्ली सौगात घिमिरे चयन
सिन्धुली, माघ १३, २०८१ आइतबार । सत्ता पक्षका दुई ठुला राजनितिक दलको वीचार पक्षधर सिन्धुलीका दुई निजामती कर्मचारी संघ संगठनले आफ्नो संघ संगठनको नयाँ
कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
सिन्धुली, माघ ११, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सिन्धुलीमाढी स्थित बसपार्कमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङ बोर्ड स्थापना
सिन्धुली, माघ ११, २०८१ शुक्रबार । सिन्धुलीमाढी स्थित बसपार्कमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङ बोर्ड राखीएको छ । सिन्धुली अपाङ्ग महिला संघका
प्रतिकृया दिनुहोस