गोलन्जोर गाउँपालिका ४ मा स्वास्थ्य संस्था तथा वडा कार्यालय भवनको शिलान्यास

RadioSiddhababa

सिन्धुली, माघ ८, २०८१ मंगलबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ मा २ वटा स्वास्थ्य इकाई भवनको सिलान्यास गरिएको छ । ब्याक टु लाइफ इभि को आर्थिक सहयोगमा समुदाय पद्धति बिकास सिन्धुलीको सहकार्यमा गोलन्जोर गाउँपालिका ४ किरातेमा सामुदायिक स्वास्थ्य इकाई र तिनकन्यामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो । 


४ करोड ७१ लाख ९८ हजार २ सय ३३ रुपैया ४६ पैसामा ब्याक टु लाइफ संस्थाले वडा नं. ४ किरातेमा सामुदायिक स्वास्थ्य इकाई, तिनकन्यामा स्वास्थ्य चौकी भवन र वडा नं. ६ मा घोक्सीला सामुदायिक स्वास्थ्य इकाई निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाका सभापति गौरब कार्कीले जानकारी दिनुभएको छ । निर्माण हुने ३ वटै भवन १४ कोठाको हुने छ । 


त्यस्तै गोलन्जोर गाउँपालिका वडा नं. ४ को प्रशासकिय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ बजेट बाट बिनियोजित ४० लाख बजेट बाट निर्माण हुने भवनको मंगलबार शिलान्यास गरिएको हो । निर्माण हुने ६ कोठाको वडा कार्यालय भवन आगामी असार महिनामा सम्पन्न गर्ने वडा अध्यक्ष भक्त बहादुर भुजेलले जानकारी दिनुभयो ।


स्वास्थ्य इकाई भवन तथा वडा कार्यालय भवन उद्धघाटन कार्यक्रमको अवसरमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकार, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर भुजेल, वडा नं. ३ का वडा अध्यक्ष कृष्ण पोख्रेल, वडा नं. ७ का वडा अध्यक्ष रेगन राज थापा, ब्याक टु लाइफ संस्थाका सदस्य मारीया, रेडक्रस कर्मीहरु स्थानीय लगायतको उपस्थिती रहेको थियो । 


साथै ब्याक टु लाइफ इभि को आर्थिक सहयोगमा समुदाय पद्धति बिकास सिन्धुलीको सहकार्यमा गोलन्जोर गाउँपालिकाका बिद्यालयमा न्यानो कम्बल वितरण गर्ने अभियान अन्तर्गत बत्सला माबी किराते र प्राबी ट्वाङ्गट्वाङ्गेमा विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण गरिएको छ । ब्याक टु लाइफ संस्थाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।   सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

RadioSiddhababa

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन 

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

RadioSiddhababa

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर