गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण

सिन्धुली, माघ ७, २०८१ सोमबार ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण गरिएको छ । ब्याक टु लाइफ इभि को आर्थिक सहयोगमा समुदाय पद्धति बिकास सिन्धुलीको सहकार्यमा गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयमा न्यानो कम्बल वितरण गरिएको हो ।
गोलन्जोर गाउँपालिका वडा नंं. १ को सिद्देश्वरी प्राबि, वडा नं. २ को बाल प्रगतिशील प्राबि र बाललहरी प्राबिमा अध्यनरत विद्यार्थीका लागि सोमबार कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाका सभापति गौरब कार्कीले जानकारी दिनुभएको छ । ब्याक टु लाइफ संस्थाले गोलन्जोर गाउँपालिकाका ९ वटा बिद्यालयमा न्यानो कम्बल वितरण गर्ने छ । ९ वटा बिद्यालयमा अध्यनरत ५ सय ६० बिद्यार्थीको ४ सय १० परिवारलाई २ वटाको दरले कम्बल वितरण गरिने छ ।
ब्याक टु लाइफ संस्थाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । संस्थाले वडा नं. ३ मा २ वटा खानेपानी योजना निर्माण सम्पन्न गरिसकेको र पालिकामा ५ शैयाको अस्पताल भवन, बिभिन्न बिद्यालयमा बिद्यालय भवनहरु निर्माण गरिरहेको छ ।
न्यानो कम्मल बितरण कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकार, वडा नं. १ का वडा अध्यक्ष सोमप्रसाद बराल, वडा नं. २ का वडा अध्यक्ष दौलत कार्की, ब्याक टु लाइफका प्रमुख तथा प्रतिनिधी, बिद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर
प्रतिकृया दिनुहोस