गोलन्जोर गाउँपलिकामा ३ वटा हेल्थपोष्ट भवन निर्माण सुरु

RadioSiddhababa

सिन्धुली, माघ ९, २०८१ बुधबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न  सामुदायिक स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । गोलन्जोर गाउँपालिकाको वडा नं. ६ घोक्सिला, वडा नं. ४ तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएको हो ।


गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक  अच्युत प्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।


ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख ९८ हजार २ सय ३३ रुपैया ४६ पैसा लागतमा हेल्थपोष्ट हरूको निर्माण सुरु गरिएको छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थ पोस्ट  भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ ।


ब्याक टु लाईफको ईभी जर्मनको सहयोगमा निर्माण हुने सामुदायिक स्वास्थ्य केन्द्रमा आकस्मिक कक्ष, औषधी कक्ष, प्रसूती कक्ष, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्ष समेत रहेको छन् ।

हेल्थपोस्ट भवनको निर्माण कार्य १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने ब्याक टु लाईफका मेनेजर अनुप पौडेलले जानकारी दिनुभयो । निर्माणको जिम्मा वेदालय कन्ट्रक्सन भक्तपुरले पाएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।   सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

RadioSiddhababa

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन 

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

RadioSiddhababa

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर