हरिहरपुरगढी गाउँपालिकाको २ श्रीपुर बजार देखि भाइरल जङ्गलको सडकको दायाँबाँया सरसरफाई

सिन्धुली, चैत २९, २०८१ शुक्रबार ।
मदनभण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ श्रीपुर बजार देखि भाइरल जङ्गलको सडकको दायाँबाँया सरसरफाई गरिएको छ । राजमार्गको सुन्दरतामा फोहोर र झाडिले भरिन थालेपछि सरसफाई सुरु गरिएको हो । सामाजिक सञ्जालमा भाइरल जङ्गल भनेर चिनिएको उक्त जङ्गलमा फोटो, भिडियो खिच्नका लागि मानिसहरु आउने गरेका छन् ।
पर्यटकीय र रमणिय स्थल बनाउँने उदेश्यका साथ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, प्रहरी, ट्राफिक प्रहरी लगायत स्थानियको सहभागितामा सरसफाई गरिएको हरिहरपुरगढी गाउँपलिकाले जनाएको छ । नयाँ बर्षमा पर्यटकलाई आकर्षण तथा पर्यटन प्रवद्र्धनको लागि पार्क निर्माण, सरसफाई, रंगरोगन, हरियाली बनाउनका लागि जनश्रमदानमा जुटिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एउटाको घर सफा हुदा समुदायनै सफा हुने भएकाले आफ्नो घरबाट वा पसलबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न, आफ्नो घर आसपासमा सफा गर्न नागरिकलाई आग्रह गर्नुभएको छ । सडकमा फोहोर फाल्दा राजमार्गकै मुहार बिग्रिने भएकोले सडकमा फोहोर फाल्नेलाई जरिवाना गरिने समेत उहाँले बताउनुभयो ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।
प्रतिकृया दिनुहोस