फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम

सिन्धुली, फागुन १, २०८१ बिहिबार ।
फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल गरेको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित संचालन भएको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा मा.वि. सालुके द्धितिय, रत्नगंगा मा. वि. सोखु डिहिटार तृतिय र मा. वि. सुम्नाम सुन्तले चण्डिभन्ज्याङले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने बिद्यालयलाई क्रमशः २० हजार १५ हजार १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल, प्रमाण पत्र, ट्रफी र पुरस्कार वितरण गरिएको छ ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर रजन मगरले बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न
सिन्धुली, चैत १९, २०८१ मंगलबार । फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फिक्कल गाउँपालिका खेलकुद बिकास

सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम
सिन्धुली, फागनु १३, २०८१ मंगलबार । सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद
प्रतिकृया दिनुहोस