हरिहरपुरगढी गाउँपालिका ८ स्थित सरस्वती शिशुबाल प्राविको ४ कोठे पक्की भवनको शिलान्यास

RadioSiddhababa

सिन्धुली, पुष २४, २०८१ बुधबार ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार कोठे पक्की भवनको शिलान्यास गरिएको छ । संघिय सरकारको बिषेश अनुदान तथा गाउँपालिका द्धारा निर्माण हुने भवनको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । भवन निर्माणको लागि सिकाक हुस्से÷गडुर जेभिका प्रोपाइटर प्रमोद मैनालीले २०८२ जेठ २५ गते निर्माण सम्पन्न गर्ने गरि भ्याट सहित ९३ लाख ५९ हजार २५ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।


भवन शिलान्यास कार्यक्रमको अवसरमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले चालु आर्थिक बर्ष भित्रमा गाउँपालिका भित्रका ७ वटा प्राविको भवन निर्माण सम्पन्न गरिने योजना रहेको बताउनुभएको छ । उहाँले निर्माण व्यवसायीलाई समयावधि भित्रै इमानदारिपूर्वक गुणस्तरीय भवन निर्माण गरेर हस्तातरण गर्न निर्देशन दिनुभएको छ । भवनको संरचना गुणस्तरहीन भएको पाइएमा गाउँपालिका बाट बजेट रोक्का गरिदिने समेत उहाँले बताउनुभयो । 


वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यता रहेको शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, ७ नं. वडाका अध्यक्ष बिच बहादुर मोक्तान, वडा सदस्य छलिमाया मोक्तान, शिक्षा शाखा प्रमुख रामेश्वर पुढाशैनी, योजना शाखा प्रमुख राजु उप्रेति, इन्जिनियर बेन्जामेन श्रेष्ठ, सब इन्जिनियर विश्व थापा मगर, कमल आछामी लगायतको उपस्थित रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, पुष २३, २०८१ मंगलबार । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल महिला संघ

RadioSiddhababa

गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण

सिन्धुली, पुष २२, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल

RadioSiddhababa

उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता  दिदै किसान पाण्डे 

सिन्धुली, पुष  २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान