सिन्धुलीमा बुबाको कुटाइबाट छोराको मृत्यु

RadioSiddhababa

सिन्धुली, पुष २१, २०८१ आइतबार ।


सिन्धुलीमा बुबाको कुटाइबाट छोराको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ चपरा निवासी ४५ बर्षिय माईला भन्ने लिला बहादुर पुर्कोटीको बुबाको कुटाइ बाट मृत्यु भएको हो । 


घरायसी बिवादका कारण अन्दाजी ७६ बर्षका बुबा डोमान सिंह सार्कीको कुटाइ बाट गम्भीर घाइते भएका निजकै छोरा ४५ बर्षिय माईला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हेटौंडा अस्पताल हेटौडामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।


शनिवार राति ८ः४५ बजे डोमान सिंह सार्कीले घरायसी वादविवाद हुदाँ फलामको गलले लिला बहादुरको टाउकोमा र ढाँडमा प्रहार गरी घाईते बनाएका थिए । मृतकको सव पोष्टमार्टम पश्चात आमालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


कुटपिटमा संलग्न बाबुलाई प्रहरीले गल र कोदालो सहित नियन्त्रणमा लिई सिन्धुली जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, पुष २३, २०८१ मंगलबार । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल महिला संघ

RadioSiddhababa

गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण

सिन्धुली, पुष २२, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल

RadioSiddhababa

उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता  दिदै किसान पाण्डे 

सिन्धुली, पुष  २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान