सिन्धुलीको दोभान्टारमा रहेको जुनार शित भण्डारण भवन तथा जुस उद्योग बर्षौ देखि अलपत्र
स्वामित्व ग्रहणमा कुरा नमिल्दा सञ्चालनमा ल्याउन समस्या
सिन्धुली, पुष १९ २०८१, शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ दोभान्टारमा निर्माण गरिएको जुनार शित भण्डारण भवन र जुस उद्योग प्रयोगमा नआउदा अलपत्र परेकाछन् । निर्माण सम्पन्न भए पछि एक वर्ष जुनार भण्डारण गरिए पनि त्यस पछि भण्डारणको काम नगरिदा र बनेको जुस उद्योग पनि सञ्चालनमा नल्याउदा दुबै भवन अलपत्र बनेकाहुन् ।
नेपाल स्थित जापानी राजदूतावासको ६० लाख अनुदान र बाँकी नेपालका सरकारी, निजी क्षेत्र सँगै समुदायको समेत लगानी गरी एक करोडमा निर्माण गरिएको शित भण्डारण भवन र त्यस पछि बनाइएको जुस उद्योग भवन सञ्चालनमा ल्याउन नसकिएको हो ।
जापानी दुताबासको अनुदान सँगै तत्कालीन समयका जिल्ला विकास समिति, गाउँ विकास समिति, कमलामाई नगरपालिका र जुनार उत्पादक किसानबाट रकम जुटाई २०६६ सालमा शितभण्डारण भबन बनाइएको थियो । त्यस पछि जुनारको जुस उत्पादन गर्ने उद्धेश्यले तत्कालीन उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले समेत लगानी गरी जुस उद्योगको भवन निर्माण गरिएको स्थानिय राम थापाले बताउनुभयो ।
३६० मेट्रिक टन क्षमताको उक्त शीत भण्डारण भवन सँगै जुस उद्योग सञ्चालनका लागि स्थानिय स्तरबाट प्रयास भए पनि सफल नभएको थापाको भनाई छ । मित्र राष्ट्र, सरकार र निजी क्षेत्रको लगानीका कारण स्वामित्व ग्रहणमा कुरा नमिल्दा सञ्चालनमा आउन नसकेको भन्ने बुझिएको उहाँको भनाई छ ।
जुस उद्योग भवन निर्माणमा सरकारी भन्दा पनि निजी क्षेत्रको लगानी बढी रहेकाले सञ्चालनमा ल्याउन समस्या भईरहेको कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो । शित भण्डारण सँगै उद्योग सञ्चालनका लागि प्रयास भईरहेको र संघिय सरकारको ठोस कदमको खाँचो रहेको उहाँले बताउनुभयो ।
गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण
सिन्धुली, पुष २२, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल
उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता दिदै किसान पाण्डे
सिन्धुली, पुष २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान
सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्यो
सिन्धुली, पुष २१, २०८१ आइतबार । सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्दा स्थानीय त्रसीत बनेका छन् । फिक्कल गाउँपालिकाका विभिन्न वडाहरुमा
प्रतिकृया दिनुहोस