गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण

RadioSiddhababa

सिन्धुली, पुष २२, २०८१ सोमबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले मित्रराष्ट्र भारतको ७४ औ गणतन्त्र दिवसको अवसरमा गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढीपीडित परिवारहरुका लागि राहत हस्तान्तरण गरेको हो । गएको असोजमा आएको बाढी बाट प्रभावित परिवारका लागि नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले सम्बन्धीत पालिकालाई राहत हस्तान्तरण गरेको छ ।

 


गोलन्जोर गाउँपालिकाका बाढी पीडितका लागि २५ के.जि चामल १ सय बोरा र १ सय ९७ थान कम्बल र सुनकोशी गाउँपालिकाका बाढी पीडितका लागि २ सय बोरा चामल र २ सय ८१ थान कम्बल गाउँपालिकालाई प्रदान गरीएको छ ।


नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौंका पदाधिकारीहरु, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लगायत स्थानीयवासीहरुको उपस्थितिमा एक कार्यक्रमका बिच आइतबार राहत हस्तान्तरण गरिएको हो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, पुष २३, २०८१ मंगलबार । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल महिला संघ

RadioSiddhababa

उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता  दिदै किसान पाण्डे 

सिन्धुली, पुष  २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान

RadioSiddhababa

सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्यो 

सिन्धुली, पुष २१, २०८१ आइतबार । सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्दा स्थानीय त्रसीत बनेका छन् । फिक्कल गाउँपालिकाका विभिन्न वडाहरुमा