माध्यमिक बिद्यालय स्तरिय शैक्षिक प्रदर्शनी सिन्धुलीमाढीमा सम्पन्न 

RadioSiddhababa

सिन्धुली, पुष २०, २०८१ शनिबार ।


माध्यमिक बिद्यालय स्तरिय शैक्षिक प्रदर्शनी सिन्धुलीमाढीमा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको आयोजनामा गौमती मा.वि. माढीबजार सिन्धुलीमा माध्यमिक बिद्यालय स्तरिय शैक्षिक प्रदर्शनीको आयोजना गरिएको हो ।

 

शैक्षिक प्रर्दशनीमा घ्याङलेख गाउँपालिका स्थित नेत्रकाली मा.वि. आँपडाडाले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै फिक्कल गाउँपालिका स्थित रातमाटा मा.वि. सालघारी द्धितिय, कमलामाई नगरपालिका स्थित गौमती मा.वि. माढीबजार तृतिय र दुधौली नगरपालिका स्थित नमुना मा.वि. लदाभिरले सान्त्वना स्थान हासिल गरेका छन् । 


गौमती मा.वि. माढीबजारको समन्वय तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको आयोजनामा भएको प्रर्दशनीमा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेको अध्यक्षता रहेको थियो ।


शैक्षिक प्रर्दशनीमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका गरि ६ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रमका संचालक रामेश्वर दाहालले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण

सिन्धुली, पुष २२, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल

RadioSiddhababa

उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता  दिदै किसान पाण्डे 

सिन्धुली, पुष  २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान

RadioSiddhababa

सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्यो 

सिन्धुली, पुष २१, २०८१ आइतबार । सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्दा स्थानीय त्रसीत बनेका छन् । फिक्कल गाउँपालिकाका विभिन्न वडाहरुमा