लोक गित प्रतियोगितामा समृद्धि किशोरी समुह कमलामाई नगरपालिका २ प्रथम

RadioSiddhababa

सिन्धुली, पुष १३, २०८१, शनिबार ।।


किशोरीहरुका लागि कला कार्यशाला सिन्धुलीमाढीमा सम्पन्न भएको छ । किशोरीहरुका लागि कला कार्यशाला अन्तर्गत १ दिने लोकगित प्रतियोगिता संचालन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपी सिन्धुलीले प्रतियोगिताको आयोजना गरेको हो । 


प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपी सिन्धुलीले जिल्लाका बिभिन्न पालिकाहरुमा गल्स स्ट्यान्डिङ स्ट्रोङ कार्यक्रम र बाल प्रत्याभुत संचार कार्यक्रम संचालन गरिरहेको छ । गल्स स्ट्यान्डिङ स्ट्रोङ कार्यक्रम र बाल प्रत्याभुत संचार कार्यक्रम मार्फत बालिका, किशोरी तथा युवा महिलाहरुको लागि समावेशी न्यायपूर्ण र सुरक्षित समाजको निर्माणमा जोड दिदै समाजमा रहेका हानिकारक सामाजिक मुल्यमान्यताहरु र असमान शक्ति सम्बन्धलाई रुपान्तरण गर्नको लागि किशोरीहरुले उत्थानशिल परिवर्तनका लागि संवाहकको रुपमा काम गर्नेछन् । 


सोहि कार्यक्रम अन्तर्गत किशोरी तथा युवा महिलाहरुमा सचेतना अभिबृद्धि तथा सशक्तिकरण गराउने उदेश्यले लोकगित प्रतियोगिता संचालन गरिएको जेसडिपि सिन्धुलीले जनाएको छ । प्रतियोगितामा समृद्धि किशोरी समुह कमलामाई नगरपालिका २ प्रथम, उज्वलता किशोरी समुह कमलामाई नगरपालिका ४ द्धितिय, एकिकृत किशोरी समुह तीनपाटन गाउँपालिका २ तृतिय, सुनौलो बिहानी किशोरी समुह तीनपाटन २ र प्रगतिशिल किशोरी समुह कमलामाई नगरपालिका ५ ले सान्त्वना स्थान हासिल गरेका छन् । 


प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २० हजार द्धितिय हुने समुहलाई १५ हजार तृतिय हुने समुहलाई १० हजार र सान्त्वना हुने समुहलाई ५÷५ हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा सहभागि किशोरी समुहहरुले समाजमा रहेका हानिकारक परम्पराको विरुद्ध जनचेतना मुलक लोकगितहरु प्रस्तुत गरेका थिए । 


कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारले प्लान इन्टरनेशनल नेपालको सहयोगमा जेएसडिपि सिन्धुलीले प्रसंसनिय कार्यक्रमहरु संचालन गरेको बताउनुभएको छ । संचालित कार्यक्रम मार्फत पालिकाका वडाहरुलाई बालमैत्री घोषणा गर्न सहयोग मिलेको, बाल बालिका तथा किशोर किशोरीको सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन भएको उहाँको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन

सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण

RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना

सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना गरिएको छ । लि बर्ड संस्था र सुनकोशी

RadioSiddhababa

पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा