सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना
सिन्धुली, पुष १२, २०८१ शुक्रबार ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना गरिएको छ । लि बर्ड संस्था र सुनकोशी गाउँपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी मेलाको आयोजना गरिएको हो । मेलामा १० वटा कृषक समुहले स्टल राखेका थिए । लि बर्ड संस्थाले सुनकोशी गाउँपालिका संगको साझेदारीमा सुनकोशी गाउँपालिकाका वडा हरुमा कृषि खाद्य प्रणालिका लागि नविकरणीय उर्जा (रिरस) परियोजना संचालन गरिरहेको छ । रिरस परियोजनाले सुनकोशी गाउँपालिकाका वडा हरुमा कृषिको क्षेत्रमा १ बर्ष देखि बिभिन्न काम हरु गर्दै आइरहेको छ ।
सुनकोशी गाउँपलिकामा के कस्ता रैथाने बालीहरु रहेका छन् तीनको पहिचान गर्न, रैथाने बाली संरक्षणको स्थिती के कस्तो छ बुझ्न, स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना गरिएको रिरस परियोजना सिन्धुलीकी अधिकृत रन्जना दुवालले जानकारी दिनुभयो । प्रर्दशनीमा स्थानीय जातका मकै, कोदो, जुनेलो, सिमि, बोडी, रुदिलो, उखु, तीतेपाती, पिठौरी, बोजो, टोटेलाको फुल, स्थानीय जातका कन्दमुलहरु, बिभिन्न जडिबुटीहरु, तरकारी, फलफुल, अन्नहरु राखीएको थियो ।
कृषि जैविक विविधता प्रदर्शनी मेलाको अवसरमा सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाले सुनकोशी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धेरै लगानी गरेको बताउनुभएको छ । लि बर्ड संस्थाले गाउँपालिका संगको साझेदारीमा कृषिको क्षेत्रमा बिभिन्न कामहरु गरिरहेकाले यस्ता किसिमका प्रदर्शनीले कृषकहरुलाई हौसला मिल्ने उहाँले बताउनुभयो । साथै गाउँपालिकाले कृषकहरुलाई मल, बिउ बिजनहरु समयमानै उपलब्ध गराएको र बिभिन्न किसिमका तालिमहरु संचालन गरेको उहाँको भनाई छ ।
प्रदर्शनी मेलामा लि बर्ड संस्थाका प्रमुख निरन्जन पुडासैनीकोको अध्यक्षतामा भएको कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी, कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका प्रमुख, कन्दमुल तरकारी विकास केन्द्रका प्रमुख, स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय, कृषकहरुको उपस्थिती रहेको थियो ।
लोक गित प्रतियोगितामा समृद्धि किशोरी समुह कमलामाई नगरपालिका २ प्रथम
सिन्धुली, पुष १३, २०८१, शनिबार ।। किशोरीहरुका लागि कला कार्यशाला सिन्धुलीमाढीमा सम्पन्न भएको छ । किशोरीहरुका लागि कला कार्यशाला अन्तर्गत १ दिने
क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन
सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
प्रतिकृया दिनुहोस