क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन

RadioSiddhababa

सिन्धुली, पुष १२, २०८१ शुक्रबार ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा भएको एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको आज एक औपचारिक कार्यक्रमका बिच  प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गर्नुभएको हो ।


जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजना तथा हरिहरहरपुरगढी गाउँपालिका, सिन्धुली अस्पताल सिन्धुली र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको सहकार्यमा शिविरको आयोजना गरिएको हो । यस गाउँपालिकाका ६, ७ र ८ नम्बर वडाका नागरिकहरुलाई मध्यनजर गर्दै शिविर सन्चालन गरिएको हो ।


शिविरको उद्धघाटन कार्यक्रमको अवसरमा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहालले अहिले सरकारी अस्पताल बाट ९८ प्रकारका औषधीहरु निशुल्क रुपमा पाउने, सामाजिक सुरक्षा कोष मार्फत आधारभुत बर्गलाई दिनुपर्ने सेवा सुविधाहरुको नितिगत ब्यवस्था भएपनि ब्यवहारिक ढंगबाट लागु गर्न नसकिरहेको बताउनुभएको छ ।

 

अहिले रोग सस्तो भएको र उपचार प्रक्रिया महंगो भएको उहाँले बताउनुभयो । गम्भीर प्रकृतीका रोगको उपचार गर्न गरिवहरुलाई निकै कठिन रहेको उहाँको भनाई छ । शहरका ठुला ठुला अस्पतालमा गरिवहरुको पहुँच नहुने बताउदै प्रतिनिधी सभामा विपन्न नागरिक अस्पताल स्थापनाको लागि आवाज उठाएको दाहालले बताउनुभयो । 


शिविरमा जनरल मेडिसिन सम्बन्धी, बालरोग सम्बन्धी, स्त्री तथा प्रसुति रोग, दन्तसेवा, आँखा, नाक, कान, घाँटि सम्बन्धी, क्षयरोग संकास्पद व्यक्तिहरुको खकार जाँच, नसर्ने रोगको स्क्रिनिङ, प्रयोगशाला सेवा, युएसजी, निशुल्क औषधि वितरण, स्वास्थ्य जिवन परामर्श सेवा प्रदान गरिने छ । 


आयुर्वेद सेवाहरु ओपिडि सेवा, फिजियोथेरापि, अकुपंचर, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाहरुलाई औषधी बितरण पुर्व कर्म लगायतका सेवा प्रदान गरिने छ । शिविरको पहिलो दिन आज ३ सय ७५ जना नागरिकहरुले विभिन्न सेवा लिएका हुन् ।


उद्धघाटन कार्यक्रममा विशिष्ट अतिथि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलाल, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख खगेन्द्र प्रसाद यादव, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायत वडा नम्बर ६ का वडा अध्यक्ष एक बहादुर मोक्तान, ७ नम्बर वडा अध्यक्ष बिच बहादुर मोक्तान, ८ नम्बर वडा अध्यक्ष धन बहादुर मोक्तान, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका दिपकराज तिमल्सिना लगायत हरिहरपुरगढीका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लोक गित प्रतियोगितामा समृद्धि किशोरी समुह कमलामाई नगरपालिका २ प्रथम

सिन्धुली, पुष १३, २०८१, शनिबार ।। किशोरीहरुका लागि कला कार्यशाला सिन्धुलीमाढीमा सम्पन्न भएको छ । किशोरीहरुका लागि कला कार्यशाला अन्तर्गत १ दिने

RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना

सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना गरिएको छ । लि बर्ड संस्था र सुनकोशी

RadioSiddhababa

पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा