भौतिक पुर्वाधारको निर्माण गर्दा सार्वजनिक तथा व्यक्तिगत सम्पतीको संरक्षर्ण गर्न सर्वसाधारणको जोड
सिन्धुली, मंसिर १७ २०८१ सोमबार ।
सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका स्थानियले भौतिक पुर्वाधारको निर्माण गर्दा भईरहेका सार्वजनिक तथा व्यक्तिगत सम्पतीको क्षती नहुने गरी काम गर्नु पर्ने बताएकाछन् । पुर्वाधार विकास कार्यालय बाट चियाबारी स्थित ग्वाङखोलामा बन्न लागेको पुलको निर्माण कार्य शुरु गर्नु अघि सोमबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले यस्तो बताएकाहुन् ।
पुर्व जनप्रतिनिधी समेत रहनु भएका स्थानिय चित्र बहादुर बुढाथोकी (सन्तोष) ले पुल निर्माण गर्ने स्थलमा सार्वजनिक बाटो, कुलो र व्यक्तीगत सम्पतीहरु पर्ने भएकाले त्यसको संरक्षण गर्न सम्वन्धीत कार्यालयले बजेट समेत व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाले कार्यालयले आवश्यक बजेट व्यवस्थापन गरिदिए त्यस क्षेत्रको बाटो, कुलो र स्थानियको घर जग्गाको संरक्षण हुनेमा जोड दिनुभयो ।
यता पुल निर्माण स्थलमा आयोजित कार्यक्रममा पुर्वाधार विकास कार्यालयले पनि स्थानियको जग्गालाई क्षती नहुने गरी काम गर्ने बताएको छ । कार्यालयका प्राविधिक अधिकृत कुमार तामाङले बाटोको अवस्था र स्थानियको जग्गाको समस्यालाई मध्यनजर गर्दै काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस स्थानमा मुल्य अभिबृद्धी कर र पिएस सहित ३ करोड ९० लाख ८० हजार ८ सय ८० रुपैया ६० पैसामा काम गर्ने गरी ठेक्का संझौता भएको छ । २० मिटरको उक्त पुल निर्माण २०८२ साल जेठ १ गते भित्र सम्पन्न गर्ने गरी ठेक्का संझौता भएको छ । त्यस क्षेत्रमा पुल निर्माण हुदा केवरे देखि केराबारी सम्मका स्थानियबासी लाभान्वीत हुने जनाइएको छ ।
लिखत सम्वन्धी काम सरकारी स्तर बाटै गराऔं ः मुख्य मन्त्री लामा
सिन्धुली, माघ १०, २०८१ बिहिबार । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले सरकारी कार्यालयमा लेखिने रिट, निवेदन तथा लिखत सम्वन्धी सेवा सरकारी
हरिहरपुरगढी गाउँपालिकाको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न
सिन्धुली, माघ ९, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन मंगलबार सम्पन्न
गोलन्जोर गाउँपलिकामा ३ वटा हेल्थपोष्ट भवन निर्माण सुरु
सिन्धुली, माघ ९, २०८१ बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ ।
प्रतिकृया दिनुहोस