लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पुरुष सहभागिता प्रवर्धन सशक्तिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न

RadioSiddhababa

सिन्धुली, मंसिर १५, २०८१ शनिबार ।


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिभिन्न कार्यक्रम हरु संचालन भइरहेको छ । अभियान अन्तर्गत कमलामाई नगरपालिकामा १ मा लैङ्गिक हिंसा निवारणको लागि पुरुष सहभागिता प्रवर्धन सशक्तिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । 

 

“हामि सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्यको लागी ऐक्यबद्धता” भन्ने मुल नारा सहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संचालन हुने  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत तालिम संचालन गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा कमलामाई नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।
पुरुष सहभागिता प्रवर्धन गर्ने गर्ने उदेश्यले तालिम संचालन गरिएको कमलामाई नगरपालिका महिला तथा बालबालिका समाज कल्याण शाखा प्रमुख इन्दिरा थापाले जानकारी दिनुभयो ।

 

तालिममा घरको कामको बाडफाँड, श्रीमान श्रीमतीको दैनिक कार्यतालिका, घरको कामले महिलालाई पर्ने बोझ, लैङ्गिक हिंसा, महिला पुरुष समान सहभागिता लगायतको बिषयमा सचेतना मुलक जानकारी गराइएको उहाँले बताउनुभयो । 

 

तालिममा कमलामाई नगरपालिका १ का ३६ जना महिला पुरुषको सहभागिता रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कमलामाई नगरपालिकाको बिभिन्न वडामा हरेक दिन सचेतना मुलक कार्यक्रमहरु संचालन भइरहेको कमलामाई नगरपालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लिखत सम्वन्धी काम सरकारी स्तर बाटै गराऔं ः मुख्य मन्त्री लामा

सिन्धुली, माघ १०, २०८१ बिहिबार । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले सरकारी कार्यालयमा लेखिने रिट, निवेदन तथा लिखत सम्वन्धी सेवा सरकारी

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न

सिन्धुली, माघ ९, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन मंगलबार सम्पन्न

RadioSiddhababa

गोलन्जोर गाउँपलिकामा ३ वटा हेल्थपोष्ट भवन निर्माण सुरु

सिन्धुली, माघ ९, २०८१ बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न  सामुदायिक स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ ।