कम्प्युटर एशोसियशन नेपाल महासंघ शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली चयन

RadioSiddhababa

सिन्धुली, मंसिर १५, २०८१ शनिबार ।


कम्प्युटर एशोसियशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली सर्वसम्मत रुपमा चयन हुनु भएको छ । कम्प्युटर एशोसियशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको आज भएको १० औं साधारण सभा तथा ५ औं अधिवेशन बाट अध्यक्षमा प्रेमनाथ मैनाली सर्वसम्मत चयन हुनुभएको हो । 


साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा समिर श्रेष्ठ, सचिवमा मिन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा होम बहादुर श्रेष्ठ, सहसचिवमा सोनि कुमारी झा सहित ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 


कम्प्युटर एशोसियशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको १० औं साधारण सभा तथा ५ औं अधिवेशन जिल्ला अध्यक्ष अजय कुमार श्रेष्ठको अध्यक्षता तथा करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख मनोज कुमार न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लिखत सम्वन्धी काम सरकारी स्तर बाटै गराऔं ः मुख्य मन्त्री लामा

सिन्धुली, माघ १०, २०८१ बिहिबार । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले सरकारी कार्यालयमा लेखिने रिट, निवेदन तथा लिखत सम्वन्धी सेवा सरकारी

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न

सिन्धुली, माघ ९, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन मंगलबार सम्पन्न

RadioSiddhababa

गोलन्जोर गाउँपलिकामा ३ वटा हेल्थपोष्ट भवन निर्माण सुरु

सिन्धुली, माघ ९, २०८१ बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न  सामुदायिक स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ ।