सिन्धु बचत ऋण सहकारी संस्था को १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सम्पन्न

सिन्धुली, मंसिर १४ २०८१ शुक्रबार ।
सिन्धु बचत ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर राईको अध्यक्षता तथा ज्येष्ठ नागरीक सेयर सदस्य जंग बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
१६ आंै वार्षिक साधरण सभा तथा छैटौ अधिवेशनको अवसरमा उत्कृष्ट असल बचत कर्ता, उत्कृष्ट असल बाल बचत कर्ता, उत्कृष्ट असल ऋणी, ज्येष्ठ नागरिक र गएको बर्ष एसइइ परिक्षामा सेयर सदस्यका छोराछोरी मध्य उत्कृष्ट अंक ल्याउने बिद्यार्थी लाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट संचालक र उत्कृष्ट कर्मचारीलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सिन्धु बचत ऋण सहकारी संस्थाका अध्यक्ष जंग बहादुर राईले आर्थीक वर्ष २०८०÷८१ मा भएको आर्थीक गतिविधि, संस्थाको विकास, कार्यालय व्यवस्थापन लगायतको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
२०६५ साल असोज १८ गते ३० जना सदस्य सहित स्थापना भएको सहकारी संस्थामा अहिले ३ हजार ३ सय ३२ जना सेयर सदस्य आवद्ध रहेका छन् । ३० हजार चुक्ता सेयर पूँजी बाट स्थापना भएको संस्थाले हाल ३४ करोड ५४ लाख १० हजार ४ सय ५४ रुपैयाँ ५२ पैसाको कारोबार गरिरहेको छ । १६ औं वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन बाट पुन जंग बहादुर बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संस्थाका अध्यक्ष नबराज कोईरालाले सदस्य केन्द्रित सहितको व्यवसायिक गतिविधिहरु सन्चालन गर्दै सदस्यहरुको आर्थिक सामाजिक तथा सास्कृतिक लक्ष हासिल गर्दै सिन्धुली जिल्लाको समग्र सरकारी अभियानमा सिन्धु बचत ऋण सहकारी संस्थाको भुमिका अनुकरणीय रहेको बताउनु भएको छ ।

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना
सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा
प्रतिकृया दिनुहोस