सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार ।
सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ मा प्रधानाध्यापक माथी गाली चलाएर फरार रहेका मध्य १ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका ७ तुफानपुरका ३० वर्षीय प्रमानन्द ठाकुर रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर, नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय सर्लाही, मकवानपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त टोलीले सूक्ष्म रूपले प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न मध्ये एक जनालाई सर्लाहीको बागमती नगरपालिका १२ बथाने टोलबाट सोमबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
पक्राउ गरिएका प्रमानन्दलाई सिन्धुली जिल्ला अदालतमा पेस गरि ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेकोे छ । घटनामा संलग्न तीन जना मध्य एक जनालाई घटना भएको २४ घण्टा भित्रै पक्राउ गर्न प्रहरी सफल भएको र अरू दुई जनाको पनि खोजी भई रहेको उहाँले जानकारी दिनुभयो ।
तीन जनाको समुहले कात्तिक २५ गते दिउँसो मकवानपुर बाग्मती गाउँपालिका १, बोटगाउँका ४३ वर्षीय प्रेम बहादुर बोम्जन र उहाँका भाइ २१ वर्षीय दिल बहादुर बोम्जन सवार ना ४० प ६६४६ नम्बरको मोटरसाइकल हरिहरपुरगढी गाउँपालिका ६ झप्सी स्थित बाबजी खोल्सीमा रोकी गोली प्रहार गरेका थिए । दाहिने गालामा गोली लागी घाइते हुनु भएका प्रेमबहादुरलाई स्थानीय र प्रहरीले उपचारको लागि मोडेल अस्पताल सर्लाहीमा उपचार गराई थप उपचारको लागी वयोधा अस्पताल वीरगन्ज लगीएको थियो ।
बयोधा अस्पतालले थप उपचाको लागि रिफर गरेकाले बम्जनको अहिले ह्याम्स अस्पताल काठमाण्डौंमा उपचार भई रहेको छ । घाइते बम्जर मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ ।
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली
सिन्धुलीमा प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार
सिन्धुली, कात्तिक २५, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित ढप्सेमा एक प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।
प्रतिकृया दिनुहोस